४ वटा सवारी साधन एकआपसमा ठक्कर खाँदा ३३ जना घाइते

मकवानपुर - मकवानपुरको रातमाटेमा ४ वटा सवारी साधनहरु एक आपसमा ठक्कर खाँदा ३३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा एक स्कुल बससहित ४ वटा सवारी एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २५ जना विद्यार्थीसहित ३३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तिव्र गतिमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ६२४४ नम्बरको ट्रकले विपरित दिशाबाट हेटौंडातर्फ आउँदै गरेको स्थानीय रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार उक्त ट्रकले त्यसपछि पुनः हेटौंडाबाट पथलैया जाँदै गरेको लु १ ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दिँदा ट्यांकर पल्टिएको र पल्टिएको ट्यांकरले बा ७ च ९४०४ नम्बरको कारलाई थिचेको थियो । त्यसपछि ट्रकले पुनः रोकिरहेको प्रदेश २–०३–००१ ख २५०६ नम्बरको लहरी ट्रकलाई पनि ठक्कर दिएको उनले बताए ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय हेटौंडा अस्पताल र हेटौंडा–११ को चुरेहिल अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । दुर्घटनामा संलग्न सवारीहरू हटाएर हालसो राजमार्ग सुचारु गरिसकेको पनि उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

सम्बन्धित समाचारहरू

नम्बर प्लेट नराखी चलाइएका २१९ मोटरसाइकल नियन्त्रणमा

नम्बर प्लेट नराखी चलाइएका २१९ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल...

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै विभागले बढायो सार्वजनिक यातायातको भाडा

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै विभागले बढायो सार्वजनिक यातायातको भाडा

काठमाडौं – नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य बढाएसँगै यातायात...

दाङमा एयर सस्पेन्सन स्लिपर एसी बस सञ्चालनमा, बसमा सुतेरै यात्रा गर्न सकिने

दाङमा एयर सस्पेन्सन स्लिपर एसी बस सञ्चालनमा, बसमा सुतेरै यात्रा गर्न सकिने

दाङबाट काठमाडौंमा बस सेवा संचालन गरिरहेको त्रिशिद्धेश्वरी राप्ती...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...