३२ भन्दा बढी देशमा सफलता हासिल गरेको जीएसी मोटर्स नेपालमा

सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड जीएसी मोटर्स नेपालमा भित्र्याएको छ। विश्वभर उच्च गुणस्तर र प्रविधिका लागि चिनिने जीएसी मोटर्सले नयाँ ‘आयोन वाई’ नेपालको बाजार उपलब्ध गराएको छ। 

३२ भन्दा बढी देशहरुमा सफलतापूर्वक विस्तार भइसकेको जीएसी मोटर्सलाई विश्वव्यापी रुपमा अटोमोबाईल उद्योगको अग्रगामी मानिने सीजीले जनाएको छ।

अनुसन्धान, विकास, प्रविधि र ग्राहक सन्तुष्टिलाई आफ्नो मेरुदण्ड बनाई जीएसी मोटर्सले दक्षिण-पूर्व एसिया, पूर्वी युरोप, अफ्रिका र अमेरिका समेत विभिन्न क्षेत्रका अन्तर्राष्ट्रिय बजारहरू कब्जा गरेको सीजीको दाबी छ। 

सुरक्षा र प्रविधिका अत्याधुनिक विशेषता र आकर्षक डिजाइनले सुसज्जित आयोन वाईले नेपाली ग्राहकहरुलाई आरामदायी र दिगो ड्राइभिङ्ग अनुभव दिने सीजीको दाबी छ।

चीनमा मात्र नभई विश्वभर नै धेरैले मन पराएको सो एसयूभीको नेपालमा पनि बिक्री–वितरण शुरु भइसकेको छ। आधुनिक, सुरक्षित र आरामदायी अनुभवको संयोजन रहेको आयोन वाईमा १०० किलोवाट मोटर रहेको छ, जसले २२५ एनएमको अधिकतम टर्क दिन्छ। यसको लिथियम आयरन फस्फेट ब्याट्रीको क्षमता ६१.४ किलोवाट आवर छ, जसमा ६.६ किलोवाट चार्जरको पनि सुविधा छ। एक फुल चार्जमा यसले ५०० किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीको दावी छ । यसमा म्यागजिन ब्याट्री पनि रहेको छ।

आयोन वाईको अगाडि र पछाडि दुवैचक्कामा डिस्क ब्रेक छ र यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ । आयोन वाईमा १७ इन्च आल्मुनियम अलोय ह्विल, एलईडी. डेटाइम रनिङ लाइट, फोल्डिङ साइड मिरर र पानीको सेन्सर भएको वाइपर सहितको विभिन्न सुविधाहरु छन् । यसमा प्यानोरामिक सनरूफ, एम्बियन्ट लाइटिङ र ४०५ लिटरको विशाल बुट पनि छ जसलाई १२०० लिटर सम्म बढाउन सकिन्छ।

आयोन वाईमा सुरक्षालाई विशेष ध्यान पु¥याइएको छ। गाडीमा ८ वटा एयरब्याग, अगाडिका साइड एयरब्यागहरू, साइड कर्टेन एयरब्याग, र अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक पाउन सकिन्छ।

गाडीमा १०.२५ इन्च इन्स्ट्रयुमेन्ट प्यानल, मल्टि इन्फर्मेसन डिस्प्ले र १४.६ इन्च टचूिस्क्रन डिस्प्ले रहेको छ। यसबाहेक एचडी. भिजन पार्किङ सिस्टम, किलेस इन्ट्री, र ३६० डिग्री एचडी भ्यु क्यामेरा सिस्टम लगायतका अन्य थुप्रै सुविधाहरु छन् ।

सम्बन्धित समाचारहरू

चल्दाचल्दै ट्रक चार्ज हुने वायरलेस प्रविधि

चल्दाचल्दै ट्रक चार्ज हुने वायरलेस प्रविधि

अमेरिकाको पर्ड्यू विश्वविद्यालयका इन्जिनियरहरूले इन्जिन निर्माता...

थाहा छ, कारको पछाडि विन्डशिल्डमा किन हुन्छ लाइन ?

थाहा छ, कारको पछाडि विन्डशिल्डमा किन हुन्छ लाइन ?

आजको समयमा कार जीवनको अहम् हिस्सा बनेको छ । कार कम्पनीहरुले पनि...

देशभरका यी ५१ स्थानमा बनाउदै विद्युत प्राधिकरणले चार्जिङ स्टेशन

देशभरका यी ५१ स्थानमा बनाउदै विद्युत प्राधिकरणले चार्जिङ स्टेशन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले काठमाडौं स्थित प्राधिकरण परिसरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...