मुलकोटमा बन्यो हुन्डाईको चार्जिङ स्टेशन : ३१ स्टेशन बने, एक महिनामै ४० पुग्ने

काठमाडौं – हुन्डाइले हिजो सिन्धुलीको मुलकोटमा नयाँ चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । यससँगै देशभर हुन्डाईका ३१ चार्जिङ स्टेशन पुगेको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ । जनवरी महिनाभर ४० चार्जिङ स्टेशन पु-याउने कम्पनीको योजना रहेको बताइएको छ ।

यी स्थानमा हुन्डाईका साथै अन्य ब्रान्डका गाडी समेत चार्ज गर्न सकिने छ । हुन्डाई गाडी निःशुल्क रुपमा चार्ज गर्न सकिने छ भने अन्य ब्रान्डका लागि स्थान अनुसार चार्जिङ शुल्क लाग्ने छ ।

हुन्डाई गाडीको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय गाडीको क्षेत्रमा ठूलो कदम चालिरहेको छ । नेपालमा हुन्डाईसँग हाल इलेक्ट्रिक सवारीमा कोना र आयोनिक नामक दुई मोडलहरू छन् ।

कम्पनीले काठमाडौंको कुपण्डोल, तिनकुने, पुल्चोक, सिनामंगल, नक्साल र थापाथलीमा चार्जिङ स्टेशन निर्माण गरेको छ । पोखरामा पनि विभिन्न स्थानमा चार्जिङ स्टेशन संचालनमा छन् भने भैरहवा, बुटवल, नेपालगञ्ज, धनगढी, विरगंज, विराटनगर, इटहरी, भरतपुर, विर्तामोडमा संचालन गरिरहेको छ ।

गाडी विक्रीसँगै चार्जिङ स्टेशन निर्माण बढाउनु पर्ने अहिलेको आवश्यकतालाई ध्यानमा राखी थप चार्जिङ स्टेशनहरू निर्माण गर्ने योजना बनाइरहेको जनाएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक बाइक सुपर सोको टीसी म्याक्स (मूल्य र विशेषता सहित)

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक बाइक सुपर सोको टीसी म्याक्स (मूल्य र विशेषता सहित)

नेपाली बजारमा सुपर सोको टीसी म्याक्स इलेक्ट्रिक बाइक बिक्रीका लागि उपलब्ध...

के होला इलेक्ट्रिक टु ह्विलरको भबिष्य ? यी ५ ठूला ब्रान्ड बन्न सक्छन् प्रमुख चुनौती

के होला इलेक्ट्रिक टु ह्विलरको भबिष्य ? यी ५ ठूला ब्रान्ड बन्न सक्छन् प्रमुख चुनौती

इलेक्ट्रिक टु ह्विलरको माग बजारमा खासै बढ्न नसकेपनि पछिल्लो समय नयाँनयाँ...

७१० किलोमिटर रेन्ज दिने चांगनको नयाँ इलेक्ट्रिक कार सार्वजनिक

७१० किलोमिटर रेन्ज दिने चांगनको नयाँ इलेक्ट्रिक कार सार्वजनिक

चिनीयाँ अटो निर्माता चांगनले नयाँ इलेक्ट्रिक सेडान क्यूवान ए–०७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...