बीवाईडीले मनायो ३०औं वार्षिकोत्सव, हस्तान्तरण ग-यो १ करोडौ न्यु इनर्जी भेइकल

न्यु इनर्जी भेइकल्स (एनईभीज) र पावर ब्याट्रीको क्षेत्रमा विश्वकै प्रमुख निर्माता कम्पनी बीवाईडीले आफ्नो ३०औं वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले आफ्नो १ करोड एनईभी समेत चीनको सेन्झेन–शान्वेई स्पेसल को–अपरेसन जोनमा रहेको श्याओमो प्रोडक्सन बेसमा सार्वजनिक गरेको छ ।

सो अवसरमा बीवाईडीका अध्यक्ष वाङ चुआन्फुले सम्बोधन गर्दै ३० वर्ष पहिले २० कर्मचारीबाट सुरुवात भएको कम्पनी हाल विश्वभर करिव १० लाख कर्मचारी सहितको बहुराष्ट्रिय कम्पनीमा रुपान्तरण भएको तथ्यलाई प्रस्तुत गरे । टेक्नोलोजिकल इनोभेसनमा कम्पनीको प्रतिबद्धता तथा मोबिलिटीको भविष्य निर्माणमा समेत कम्पनीले विशेष जोड दिएको कुरा उनले बताए ।

१ करोड न्यु इनर्जी भेइकल उत्पादन गर्ने पहिलो कम्पनी बन्न बीवाईडी सफल भएको छ । बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर अर्को ५० लाख सवारी साधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भएको छ ।

बीवाईडी ग्रुपको १ करोडौं सवारी साधनको रुपमा डेन्जा जी९ रहेको छ । सो गाडी गेम साइन्सका फाउन्डर र सीईओ तथा ब्ल्याक मिथःवुकोङ गेमका भिजनर फेङ जीलाई हस्तान्तरण गरियो ।

आगामी दिनमा बीवाईडीले अटोमोटिभ सिस्टमका लागि इन्टेलिजेन्ट टेक्नोलोजीमा एआईलाई एकीकृत गर्न र ड्राइभिङ सिस्टम अपग्रेड गर्न १०० अर्ब युआन लगानी गर्ने घोषणा समेत गरेको छ ।

बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । शुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो। सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनी बन्यो ।

सन् २००३ मा जियान क्विनचुआन अटोमोटिभलाई प्राप्ति गरेर इन्धनबाट चल्ने सवारी साधन उत्पादनका साथ बीवाईडी अटोमोटिभ इन्डष्ट्रीमा प्रवेश गरेको थियो ।

सन् २००४ मा बीवाईडीले पहिलो कार उत्पादन ग-यो । ३१६ नाम दिइएको सो कारप्रति डिलरहरुले खासै चासो नराखेको कारण यसको उत्पादन नै रद्द गरियो ।

त्यसपछि सन् २००५ मा बीवाईडीले आफै उत्पादन गरेको पहिलो कारको रुपमा बीवाईडी एफ३ लन्च गरियो । सो कारप्रति ग्राहकको चासो बढ्दै गयो र मासिक रुपमा १० हजार युनिट भन्दा बढी बिक्री हुने पहिलो चाइनिज मोडल बन्यो ।

Compressed by jpeg-recompress

बीवाईडीले पहिलो इलेक्ट्रिक कार एफ३ई सन् २००८ मा सार्वजनिक गरेर औपचारिक रुपमा न्यु इनर्जी भेइकल बजारमा प्रवेश ग¥यो । यसपछि सन् २०२० मा बीवाईडीले ब्लेड ब्याट्री लन्च ग-यो, जुन सेफ्टी, रेन्ज र चार्जिङ स्पिडमा निकै राम्रो भएकाले उत्साहजनक सफलतातर्फ अग्रसर रह्यो।

सन् २०२२ नोभेम्बर १६ अर्थात ठ्याक्कै तीन वर्ष पहिले बीवाईडीले ३० लाखौ एनईभीको रुपमा प्योर इलेक्ट्रिक बीवाईडी सिल सार्वजनिक गरेको थियो। त्यसैगरी ५० लाखौ एनईभी सन् २०२३ अगस्ट ९ मा सार्वजनिक गरिएको थियो भने क्रमिक रुपमा उत्पादन बढ्दै गएर यही वर्षको सेप्टेम्बरमा ९० लाखौ एनईभी उत्पादन भएको थियो । करिव दुई महिनाकै अवधिमा कम्पनीले फेरि १० लाख उत्पादन बढाएर १ करोडौं सवारी अर्थात एनईभी सार्वजनिक गरेको हो ।

बीवाईडीले सवारी साधन वाहेक ब्लेड ब्याट्री, डीएम हाइब्रिड सिस्टम, ई–प्ल्याटफर्म ३.० ईभो र डिसस सिस्टम जस्ता महत्वपूर्ण प्रविधिमा समेत प्रशस्तै लगानी गरेर उपलब्धि हासिल गरेको छ ।

बीवाईडीका सवारी साधनमा प्रयोग गरिने ७० प्रतिशत भन्दा बढी कम्पोनेन्ट समेत बीवाईडी आफैले उत्पादन गरेको हुन्छ । त्यसैगरी कार निर्यात गर्नका लागि आवश्यक सिपिङ सर्भिस समेत आफैले सञ्चालन गर्छ ।

सम्बन्धित समाचारहरू

बाढी पहिरो पीडितका लागि बीवाईडीले फाउन्डेसनमार्फत दियो ५१ लाख सहयोग

बाढी पहिरो पीडितका लागि बीवाईडीले फाउन्डेसनमार्फत दियो ५१ लाख सहयोग

काठमाडौं – नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले...

नाडा अध्यक्ष करण चौधरीले भने – अटो व्यवसायीलाई व्यवसायमा टिकाउनु नै अहिलेको प्रमुख चुनौती

नाडा अध्यक्ष करण चौधरीले भने – अटो व्यवसायीलाई व्यवसायमा टिकाउनु नै अहिलेको प्रमुख चुनौती

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले...

भारतमा मेड इन इन्डिया हाइड्रोजन फ्युल बस सुरु

भारतमा मेड इन इन्डिया हाइड्रोजन फ्युल बस सुरु

भारतमा पहिलो पटक स्वदेशी रूपमा विकसित हाइड्रोजन फ्युल सेल बसको उद्घाटन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...