चीनको प्रतिष्ठित कम्पनीले ल्यायो ‘बेस्ट एसयूभी इन द वर्ल्ड’, फर्स्ट आवरमै ३ हजार अर्डर

चीनमा गत डिसेम्बर २० मा आईएम मोटर्सले सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी आईएम एलएस७ ले बुकिङ खुला भएको पहिलो एक घण्टामै ३ हजार भन्दा बढी प्रि–बुकिङ प्राप्त ग¥यो । ३ लाख ५० हजार देखि ५ लाख युआन अर्थात ५२ हजार देखि ७४ हजार डलर सम्म मूल्य तोकिएको सो फाइभ सिटर इलेक्ट्रिक एसयूभीलाई कम्पनीले ‘विश्वकै सबैभन्दा राम्रो एसयूभी’ भएको दावी गरेको छ ।

आगामी फेब्रुअरी मध्यमा लन्च गरिने सो एसयूभीको कन्सेप्ट भने २०२१ सांघाई अटो शोमा सार्वजनिक गरिएको थियो । आईएम मोटर चाहिं चीनका प्रसिद्ध दुई कम्पनी अलिबाबा ग्रुप र एसएआईसी ग्रुप मिलेर निर्माण गरेका हुन् । एसएआईसी चाहिं एमजीको प्यारेन्ट कम्पनी हो । नेपाली बजारमा समेत एमजीका सवारी साधन उपलब्ध छन् ।

आईएम एलएस७ भन्दा पहिले कम्पनीले एउटा मोडल सार्वजनिक गरिसकेको छ । यसको डिजाइन ल्यांग्वेज पनि उस्तै छ । यसमा क्लोज्ड फ्रन्ट फेस डिजाइन छ भने दुवैतिर एल आकारका हेडलाइट छन् भने एलईडी डेटाइम रनिङ लाइट समेत छ ।

यसको टपमा आईएमको एड्भान्स्ड ड्राइभिङ असिस्टेन्ट सिस्टम छ, जसमा हाई रिजोलुसन क्यामेरा र लिडार युनिट छ ।

यसको पछिल्लो भागमा ठुलो आकारको इन्टिग्रेटेड स्पोइलर छ । यसमा थ्रो–टाइप डिजाइनको टेललाइट छ भने स्पोर्टीनेसका लागि -याप्ड रियर डिफ्युजर स्टाइल सहितको डबल–लेयर डिजाइन रहेको छ ।

यसको इन्टेरियरमा ट्रिपल स्क्रिन डिजाइन छ, जसमा एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल, सेन्ट्रल कन्ट्रोल स्क्रिन र को–पाइलट डिस्प्ले रहेको छ । त्यसैगरी यसमा ठुलो साइजको प्यानोरामिक सनरुफ र ३६० डिग्री क्यामेरा रहेको छ ।

सो इलेक्ट्रिक एसयूभीमा नयाँ आईएम ओएस २.० भर्सनको स्मार्ट ककपिट रहेको छ । ९० र १०० किलोवाट आवर गरी दुई ब्याट्री भर्सनमा उपलब्ध हुने सो कारको रेन्ज ६१५ र ६६० किलोमिटरको रेन्ज दिनेछ ।

त्यसैगरी यसले ० देखि १०० किलोमिटरको दुरी ४.५ सेकेन्डमै पुरा गर्नेछ ।

सम्बन्धित समाचारहरू

बजेट आयो, अब कुन ईभीमा कति मूल्य बढ्ला वा घट्ला ?

बजेट आयो, अब कुन ईभीमा कति मूल्य बढ्ला वा घट्ला ?

सरकारले ५० किलोवाटदेखि १०० किलोवाट सेग्मेन्टको विद्युतीय गाडीमा करको दर...

लन्च भयो प्रवागको पहिलो इलेक्ट्रिक एसयुभी, यस्तो छ मूल्य, रेन्ज र फिचर

लन्च भयो प्रवागको पहिलो इलेक्ट्रिक एसयुभी, यस्तो छ मूल्य, रेन्ज र फिचर

भारतको स्टार्टअप कम्पनी प्रावगले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभीलाई आज...

४५ किलोवाट आवर ब्याट्री र १३८ एचपी मोटर क्षमता सहित हुन्डाई क्रेटा अब ईभीमा आउने,

४५ किलोवाट आवर ब्याट्री र १३८ एचपी मोटर क्षमता सहित हुन्डाई क्रेटा अब ईभीमा आउने,

हुन्डाईले लोकप्रिय एसयूभी क्रेटालाई ईभी भर्सनमा ल्याउने भएको छ । युनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...