इलेक्ट्रिक स्कुटरको समेत बढ्न थाल्यो मूल्य, एनआईयूले एउटै स्कुटरमा बढायो १६ हजार रुपैयाँ
इलेक्ट्रिक स्कुटर एनआईयूले एउटै मोडलमा १६ हजार रुपैयाँले मूल्य वृद्धि...
चीनमा गत डिसेम्बर २० मा आईएम मोटर्सले सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी आईएम एलएस७ ले बुकिङ खुला भएको पहिलो एक घण्टामै ३ हजार भन्दा बढी प्रि–बुकिङ प्राप्त ग¥यो । ३ लाख ५० हजार देखि ५ लाख युआन अर्थात ५२ हजार देखि ७४ हजार डलर सम्म मूल्य तोकिएको सो फाइभ सिटर इलेक्ट्रिक एसयूभीलाई कम्पनीले ‘विश्वकै सबैभन्दा राम्रो एसयूभी’ भएको दावी गरेको छ ।
आगामी फेब्रुअरी मध्यमा लन्च गरिने सो एसयूभीको कन्सेप्ट भने २०२१ सांघाई अटो शोमा सार्वजनिक गरिएको थियो । आईएम मोटर चाहिं चीनका प्रसिद्ध दुई कम्पनी अलिबाबा ग्रुप र एसएआईसी ग्रुप मिलेर निर्माण गरेका हुन् । एसएआईसी चाहिं एमजीको प्यारेन्ट कम्पनी हो । नेपाली बजारमा समेत एमजीका सवारी साधन उपलब्ध छन् ।
आईएम एलएस७ भन्दा पहिले कम्पनीले एउटा मोडल सार्वजनिक गरिसकेको छ । यसको डिजाइन ल्यांग्वेज पनि उस्तै छ । यसमा क्लोज्ड फ्रन्ट फेस डिजाइन छ भने दुवैतिर एल आकारका हेडलाइट छन् भने एलईडी डेटाइम रनिङ लाइट समेत छ ।
यसको टपमा आईएमको एड्भान्स्ड ड्राइभिङ असिस्टेन्ट सिस्टम छ, जसमा हाई रिजोलुसन क्यामेरा र लिडार युनिट छ ।
यसको पछिल्लो भागमा ठुलो आकारको इन्टिग्रेटेड स्पोइलर छ । यसमा थ्रो–टाइप डिजाइनको टेललाइट छ भने स्पोर्टीनेसका लागि -याप्ड रियर डिफ्युजर स्टाइल सहितको डबल–लेयर डिजाइन रहेको छ ।
यसको इन्टेरियरमा ट्रिपल स्क्रिन डिजाइन छ, जसमा एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल, सेन्ट्रल कन्ट्रोल स्क्रिन र को–पाइलट डिस्प्ले रहेको छ । त्यसैगरी यसमा ठुलो साइजको प्यानोरामिक सनरुफ र ३६० डिग्री क्यामेरा रहेको छ ।
सो इलेक्ट्रिक एसयूभीमा नयाँ आईएम ओएस २.० भर्सनको स्मार्ट ककपिट रहेको छ । ९० र १०० किलोवाट आवर गरी दुई ब्याट्री भर्सनमा उपलब्ध हुने सो कारको रेन्ज ६१५ र ६६० किलोमिटरको रेन्ज दिनेछ ।
त्यसैगरी यसले ० देखि १०० किलोमिटरको दुरी ४.५ सेकेन्डमै पुरा गर्नेछ ।
इलेक्ट्रिक स्कुटर एनआईयूले एउटै मोडलमा १६ हजार रुपैयाँले मूल्य वृद्धि...
पोखरा । पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्स...
लगभग ४ वर्ष पहिले नोभेम्बर २०१९ मा टेस्लाले साइबरट्रक पिकअप मोडल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...