नाइमा मोबिलिटी एक्स्पो २०२६ मा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिङ, लिपमोटर बी०३एक्सको माग उच्च

काठमाडौं - नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ६ दिनको सफल सहभागिता जनाउँदै ३०० भन्दा बढी गाडीहरूको उल्लेखनीय बुकिङ प्राप्त गरेको बताएको छ । भृकुटीमण्डपस्थित लिपमोटरको स्टलमा मेलाभरि अवलोकनकर्ताहरूको उल्लेखनीय भीड देखिएको थियो, जसको प्रमुख आकर्षणका रूपमा हालै सार्वजनिक गरिएको बी०३एक्स इलेक्ट्रिक एसयूभी रह्यो। एसयूभी सेग्मेन्टमै उत्कृष्ट १४५ किलोवाटको मोटर, ५३ किलोवाट आवर्सको ब्याट्री, ५०५ किलोमिटर (सीएलटीसी) सम्मको रेन्ज, ५१० लिटरको फराकिलो बुट स्पेस तथा अत्याधुनिक लेभल टु एडास सुरक्षा प्रविधिका कारण अटो शोकै प्रमुख आकर्षणमध्ये एक बन्न सफल भयो ।

बी०३एक्ससँगै लिपमोटर बी१० ले पनि अवलोकनकर्ताहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गर्यो । हालै गरिएको मूल्य कटौती र एक्स्पोका विशेष अफरहरूले बी१० प्रतिको ग्राहक आकर्षण अझ बढायो । परिमार्जित मूल्यले बी१० लाई प्रिमियम ईभी सेगमेन्टमा अत्यन्तै आकर्षक र सर्वोत्कृष्ट विकल्पको रूपमा स्थापित गर्दै कुल बुकिङमा महत्वपूर्ण योगदान पु¥यायो ।

दुवै मोडलप्रतिको उच्च आकर्षणका कारण लिपमोटरको स्टल यस वर्षको एक्स्पोमै सबैभन्दा व्यस्त र सफल प्रदर्शनीमध्ये एक बन्न सफल भयो । एक्स्पोको सफलतापछि बढेको उत्साहसँगै सांग्रिला मोटर्स अब गाडीहरूको द्रुत डेलिभरी र नेपालभर आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तारमा केन्द्रित भएको बताएको छ ।

सांग्रिला मोटर्सले सम्पूर्ण अवलोकनकर्ता तथा ग्राहकहरूलाई विश्वास र सहयोगका लागि हार्दिक आभार प्रकट गरेको छ । मासेराती, अल्फा रोमियो र प्युजो जस्ता विश्वप्रसिद्ध १४ वटा ब्रान्डहरूको प्रख्यात अटोमोटिभ समूह ‘स्टेलान्टिस’को विश्वव्यापी सहकार्यमा सञ्चालित लिपमोटर चीनको नम्बर १ स्टार्ट–अप न्यु इनर्जी भेइकल (एनईभी) ब्रान्ड हो ।

लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ, जसमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएका थिए । विश्वका ४० भन्दा बढी देशहरूमा फैलिएको १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विस्तृत सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई पूर्ण रूपमा ढुक्क र विश्वस्त स्वामित्वको प्रदान गर्दै आएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...