एक महिनामै ३०० ओमोडा ई फाइभ बुकिङ, नेपाली ग्राहकले पाउन थाले गाडी

काठमाडौं – ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा ई फाइभ (ई५) गाडीको डेलिभरी नेपालमा सुरु गरेको छ । गत सन् २०२४ को फेब्रुअरी २ मा नेपालमा सार्वजनिक गरिएको गाडीको औपचारिक बुकिङ्ग सोही दिनमै खुला गरिएको थियो ।

उक्त पहिलो चरणमा बुकिङ गर्ने ग्राहकहरुको गाडी हस्तान्तरण यस महिनाबाट सुरु भएको छ ।
ओमोडा ई फाइभमा अत्याधुनिक प्रविधिलाई ध्यानमा राख्दै बनेको ६१ किलोवाटको उर्जा क्षमता (इनर्जि क्यापासिटी) भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जसले गर्दा यसको डब्लुएलटिपी रेन्ज ४३० किलोमिटर रहेको छ । ओमोडा ई फाइभको फ्रन्ट–माउन्टेड विद्युतीय मोटरले ३४० एनएम टर्कको उर्जा उत्पन्न गर्दछ ।

नेपाली बजारमा सार्वजनिक भएको एक महिनाभित्रै एसपीजी अटोमोबाइल्सले यस गाडीको ३ सय भन्दा बढि संख्यामा बुकिङ गरेको तथ्याङ्क रहेको बताएको छ । नेपालको प्रतिस्पर्धात्मक सवारी साधनको बजारमा धेरै ग्राहकहरूको ध्यान ओमाडा ई फाइभमै केन्द्रित भएको बुझ्न सकिने समेत कम्पनीको दावी छ ।

ओमोडा ई फाइभको सुरुवाती मूल्य ५९ लाख ४९ हजार रुपैयाँ रहेको छ । यद्यपि अब भने यसको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ हुनेछ । ओमोडा ई फाइभ गाडीको प्रमुख आकर्षण, एलईडी प्रोजेक्टरयुक्त हेडल्याम्प, नेपाली सडकका निम्ति उपयुक्त उत्कृष्ट १८० एमएमको ग्राउण्ड क्लियरेन्स, १८ इन्चको अलोय ह्विल तथा लेदरका सिट रहेका छन् ।

ओमोडा ई फाइभले एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडिएएस) मा ५ स्टार एनक्याप रेटिङ प्राप्त गरेको छ । गाडीमा उपलब्ध लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, एडेप्टिभ क्रुज कन्ट्रोल र ६ वटा एयर ब्यागले गाडीमा सवार सबैको उच्चतम सुरक्षा सुनिश्चित गर्दछ ।

गाडीको बाहिरी एक्स्टेरियर भाग, ‘एक्स–सेप, फ्रन्ट फेस’ सहित ‘डाइनामिक फास्टब्याक सेप’ डजाइनमा बनेको छ । भित्र इन्टेरियरको भागमा उच्चस्तरको एम्बिएन्ट लाइटिङ, सोनी प्रिमियम स्पिकर तथा भेन्टिलेसनयुक्त सिटको सुविधा रहेको छ । साथै यसमा जडित फास्ट चार्जिङको सहायताले २८ मिनेटमा नै ३० प्रतिशतको ब्याट्रीलाई ८० प्रतिशत बनाउन सक्दछ ।

सम्बन्धित समाचारहरू

जेनेभा मोटर शोमा सार्वजनिक भयो सनरुफ सहितको क्युट ईभी

जेनेभा मोटर शोमा सार्वजनिक भयो सनरुफ सहितको क्युट ईभी

स्विस कम्पनी माइक्रोले जेनेभा मोटर शोमा माइक्रोलिनो लाइट नामक एक क्युट...

यस्तो हुनेछ किया ईभी९ इलेक्ट्रिक एसयूभी

यस्तो हुनेछ किया ईभी९ इलेक्ट्रिक एसयूभी

किया ईभी९ को कन्सेप्ट भर्सन केही दिन पहिले भारतमा सम्पन्न अटो एक्सपो २०२३...

सोकोन ब्राण्डको इलेक्ट्रिक भ्यान भोली सार्बजनिक हुँदै

सोकोन ब्राण्डको इलेक्ट्रिक भ्यान भोली सार्बजनिक हुँदै

काठमाडौं– एमएडब्लु वृद्धि अटोकर्पले भोली नेपाली बजारमा नयाँ इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...