एक महिनामै ३०० ओमोडा ई फाइभ बुकिङ, नेपाली ग्राहकले पाउन थाले गाडी

काठमाडौं – ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा ई फाइभ (ई५) गाडीको डेलिभरी नेपालमा सुरु गरेको छ । गत सन् २०२४ को फेब्रुअरी २ मा नेपालमा सार्वजनिक गरिएको गाडीको औपचारिक बुकिङ्ग सोही दिनमै खुला गरिएको थियो ।

उक्त पहिलो चरणमा बुकिङ गर्ने ग्राहकहरुको गाडी हस्तान्तरण यस महिनाबाट सुरु भएको छ ।
ओमोडा ई फाइभमा अत्याधुनिक प्रविधिलाई ध्यानमा राख्दै बनेको ६१ किलोवाटको उर्जा क्षमता (इनर्जि क्यापासिटी) भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जसले गर्दा यसको डब्लुएलटिपी रेन्ज ४३० किलोमिटर रहेको छ । ओमोडा ई फाइभको फ्रन्ट–माउन्टेड विद्युतीय मोटरले ३४० एनएम टर्कको उर्जा उत्पन्न गर्दछ ।

नेपाली बजारमा सार्वजनिक भएको एक महिनाभित्रै एसपीजी अटोमोबाइल्सले यस गाडीको ३ सय भन्दा बढि संख्यामा बुकिङ गरेको तथ्याङ्क रहेको बताएको छ । नेपालको प्रतिस्पर्धात्मक सवारी साधनको बजारमा धेरै ग्राहकहरूको ध्यान ओमाडा ई फाइभमै केन्द्रित भएको बुझ्न सकिने समेत कम्पनीको दावी छ ।

ओमोडा ई फाइभको सुरुवाती मूल्य ५९ लाख ४९ हजार रुपैयाँ रहेको छ । यद्यपि अब भने यसको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ हुनेछ । ओमोडा ई फाइभ गाडीको प्रमुख आकर्षण, एलईडी प्रोजेक्टरयुक्त हेडल्याम्प, नेपाली सडकका निम्ति उपयुक्त उत्कृष्ट १८० एमएमको ग्राउण्ड क्लियरेन्स, १८ इन्चको अलोय ह्विल तथा लेदरका सिट रहेका छन् ।

ओमोडा ई फाइभले एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडिएएस) मा ५ स्टार एनक्याप रेटिङ प्राप्त गरेको छ । गाडीमा उपलब्ध लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, एडेप्टिभ क्रुज कन्ट्रोल र ६ वटा एयर ब्यागले गाडीमा सवार सबैको उच्चतम सुरक्षा सुनिश्चित गर्दछ ।

गाडीको बाहिरी एक्स्टेरियर भाग, ‘एक्स–सेप, फ्रन्ट फेस’ सहित ‘डाइनामिक फास्टब्याक सेप’ डजाइनमा बनेको छ । भित्र इन्टेरियरको भागमा उच्चस्तरको एम्बिएन्ट लाइटिङ, सोनी प्रिमियम स्पिकर तथा भेन्टिलेसनयुक्त सिटको सुविधा रहेको छ । साथै यसमा जडित फास्ट चार्जिङको सहायताले २८ मिनेटमा नै ३० प्रतिशतको ब्याट्रीलाई ८० प्रतिशत बनाउन सक्दछ ।

सम्बन्धित समाचारहरू

यी हुन् नेपाली बजारमा उपलब्ध करोड माथीका इलेक्ट्रिक कार, थप नयाँ मोडल आउँदै

यी हुन् नेपाली बजारमा उपलब्ध करोड माथीका इलेक्ट्रिक कार, थप नयाँ मोडल आउँदै

नेपाली अटो बजारमा पछिल्लो समय महंगा र लक्जरी व्रान्डका इलेक्ट्रिक कार...

इलेक्ट्रिक गाडी दीगो ई८ किन्दा आइफोन १२ प्रो म्याक्स उपहार

इलेक्ट्रिक गाडी दीगो ई८ किन्दा आइफोन १२ प्रो म्याक्स उपहार

काठमाडौं – नयाँ वर्ष २०७८ को अवसरमा दीगोको इलेक्ट्रिक गाडी ई८ किन्दा आइफोन...

कामा ब्रान्डको ईभी पिकअपको मूल्य २५ लाख ९० हजार, खुल्यो बुकिङ

कामा ब्रान्डको ईभी पिकअपको मूल्य २५ लाख ९० हजार, खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा भित्रिने कामा ईभी पिकअपको मूल्य २५ लाख ९० हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...