नेपाल आयो स्मार्ट–३ इलेक्ट्रिक कार, सिजी मोटर्सले बिक्री गर्ने
काठमाडौं–सीजी मोटर्स आधिकारिक विक्रेता रहेको अर्को नयाँ ब्रान्ड...
इलेक्ट्रिक सवारी निर्माता कम्पनी हर्विनले ईआईसीएमए २०२२ मा आफ्नो पहिलो इलेक्ट्रिक म्याक्सी स्कुटर सेन्मेन्टी जिरो सार्वजनिक गरेको छ । सो स्कुटरको डिजाइन, स्पेसिफिकेशन र पावरट्रेन अन्य स्कुटरको तुलनामा फरक छ । कम्पनीले पहिलो इलेक्ट्रिक स्कुटर २०१९ मा लन्च गरेको थियो ।
सो स्कुटर ४०० भी आर्किटेक्चरमा आधारित छ । यो ३० मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । इलेक्ट्रिक स्कुटर २.८ सेकेन्डमा ० देखि १०० किमी प्रति घन्टाको स्पिडमा गुड्छ । यसको टप स्पिड २०० किमी प्रतिघन्टा छ । यसले सिंगल चार्जमा ३०० किमीसम्मको रेन्ज दिने कम्पनीको दावी छ ।
सो स्कुटरमा लामो दुरीको यात्राका लागि एक्सटेन्डर फङसन पनि उपलब्ध छ । यद्यपि सो फङसनले कति रेन्ज दिन्छ यसको कुनै खुलासा गरेको छैन । यसमा ब्याट्रीको उपयोग पावर सोर्सको रुपमा पनि गरिने छ ।
सो स्कुटर ३० सेन्सर र क्यामेराले सुसज्जित छ । सेफ्टीको लागि यसमा एबीएस, एन्टि स्लिप सिस्टम, टायर प्रेशर मनिटरिङ सिस्टम र कलिजन अलर्ट जडान गरिएको छ ।
साथै यसमा हिल क्लाइम्ब असिस्ट, स्टार्ट र रिभर्स असिस्टेन्ट, किलेस गो र हिटेड ग्रिप्स, ट्रयाक्शन कन्ट्रोल, हिटेड सिट, टीएफटी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी र एड्जस्टेबल विन्डस्क्रिन जस्ता फिचर रहेको छ । यसमा ३ राइडिङ मोड दिइएको छ ।
काठमाडौं–सीजी मोटर्स आधिकारिक विक्रेता रहेको अर्को नयाँ ब्रान्ड...
काठमाडौं – नेपाली बजारमा बिक्रीका लागि उपलब्ध होजोन मोटर्सको नेटा भी...
नेपालमा केही समय पछि एमजीको नयाँ इलेक्ट्रिक ह्याचब्याक एमजी ४ उपलब्ध हुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...