हंगेरीको कम्पनीले भारतमा ल्यायो बुलेट भन्दा महंगो ३०० सीसीका दुई स्कुटर, आउन सक्छ नेपाल

हंगेरीको दुई पाङ्ग्रे सवारी साधन निर्माता र बेनेली समूहको सहायक कम्पनी किवेले हालै ३ वटा नयाँ उत्पादनका साथ भारतमा डेब्यु गरेको छ । कम्पनीले क्वार्टर लिटरको क्रुजर बाइक र २ वटा ३०० सीसी स्कुटर सार्वजनिक गरेको छ । यी दुबै स्कुटर प्रारम्भिक मूल्य २ लाख ९९ हजार भारुका साथ लन्च गरिएको छ ।

किवे सिक्सटिज ३००आई रेट्रो क्लासिक मोडल हो, जबकि भिएस्टे ३०० म्याक्सी स्कुटर हो । यी दुवै स्कुटरमा २७८.८ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले ६५०० आरपीएममा १८.७ एचपीको पावर र ६००० आरपीएममा २२ एनएमको टर्क जेनेरेट गर्छ । यसमा १३ इन्च र १२ इन्चको ट्युबलेस टायर पनि छ ।

भिएस्टे ३०० ब्ल्याक, म्याट ब्लु र म्याट ह्वाइट शेडमा उपलब्ध छ । सिक्सटिज ३०० आई स्कुटर म्याट लाइट ब्लुृ, म्याट ह्वाइट र म्याट ग्रे कलर स्किममा उपलब्ध छ । यसमा अल एलईडी लाइटिङ सिस्टम, किवे जडान सिस्टम जस्ता फिचर रहेको छ । स्कुटरमा २–वर्ष÷असीमित किमी वारेन्टी दिइएको छ । सो दुबै स्कुटर भारतमा बेनेली डिलरशिप मार्फत बिक्री गरिनेछ ।

किवे इन्डियाका प्रबन्ध निर्देशक विकास झबखले सिक्सटिज ३०० आई र भिएस्टे ३०० भारतीय बजारमा उपलब्ध गराउन पाउँदा खुसी भएको र चाँडै नै भारतीय बजारमा ६ थप उत्पादन पेश गर्ने दिशामा काम गरिरहेको जानकारी दिएका छन् । यसमा मुख्यतया २ क्रुजर, २ रेट्रो स्ट्रिट क्लासिक्स, एउटा नेकेड स्ट्रिट र एउटा रेस रेप्लिका समावेश हुनेछ ।

नेपाली बजारमा पनि बेनेली र किवे दुवै ब्रान्डका सवारी साधन केटीएम इन्टरनेसनल ट्रेडिङले बिक्री–वितरण गरिरहेको छ । यसकारण ग्राहकको चाहना भएमा भविष्यमा यी सवारी साधन नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

इटालिका मोटोको एउटै मोटरसाइकलमा बढ्यो ७० हजार रुपैयाँसम्मले मूल्य

इटालिका मोटोको एउटै मोटरसाइकलमा बढ्यो ७० हजार रुपैयाँसम्मले मूल्य

क्रसफायर तथा इटालिका मोटोको नेपालका लागी आधिकारिक बितरक क्लासिक ह्विल्स...

एसवाईएम एनएचटी२०० बाइक खरिद गर्दा नगदमा १० हजार छुट र एक्सचेन्जमा १५ हजार थप मूल्यांकन

एसवाईएम एनएचटी२०० बाइक खरिद गर्दा नगदमा १० हजार छुट र एक्सचेन्जमा १५ हजार थप मूल्यांकन

काठमाडौं – एसवाईएम मोटरसाइकलको आधिकारिक वितरक केजी इन्टरकन्टिनेन्टल...

बेनेली प्यानेरिया स्कुटरमा ५० हजार छुट

बेनेली प्यानेरिया स्कुटरमा ५० हजार छुट

काठमाडौं – नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ मा इटालियन ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...