युरोपेली कारका तुलनामा चिनियाँ कारमा टचस्क्रिनको बढी प्रयोगले चालकको ध्यान भंग हुने जोखिम
चिनियाँ ब्रान्डका कारमा अत्यधिक टचस्क्रिनको प्रयोगले चालकको ध्यान भंग...
काठमाडौं–केईले नेपाल ल्याएको नयाँ ईभी ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण गरिएको छ । बिहिबार एक कार्यक्रम आयोजना गरी लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सले ३० वटा गाडी हस्तान्तरण गरेका हुन् । यी दुबै कम्पनी केईको नेपालका लागि आधिकारिक वितरक हुन् ।
अर्बान कम्युटरलाई लक्षित गरी निर्माण गरिएको मिनी ईभी ई–क्युट०४ ले ईन्ट्रि लेबल ईभी पारखीलाई आकर्षित गर्दै आएको कम्पनीले जनाएको छ । यो नयाँ कारमा सिएटिएलले उत्पादन गरेको २८.०८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ ।

जसलाई एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज पाइने दावी गरिएको छ । साथै कारमा ४० किलोवाट क्षमताको पिएमएसएम मोटर जडान गरिएको छ । ११० एनएम टर्क जेनेरेट गर्ने यस कारले फास्ट चार्जर समेत सपोर्ट गर्ने जनाइएको छ ।
कारको ग्राउन्ड क्लिरियन्स १६५ एमएम छ भने बुट स्पेस २३७ लिटर छ । साथै यसमा सेन्ट्रल एलसिडी टचस्क्रिन, ब्लुटुथ कनेक्टिभिटी, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, किलेस इन्ट्रि, वन–टच स्टार्ट, इलेक्ट्रिक डोर ह्यान्डल, एड्भान्स इनर्जी रिकोभरी सिस्टम र ६ वटा स्पिकर समेत पाउन सकिन्छ ।
सुरक्षाका लागि कारमा एबिएस, ईबिडी, एएसआर, टिसिएस, डुअल एयरब्याग र टायर प्रेसर मोनिटरिङ सिस्टम लगायत थुप्रै फिचर दिइएको छ । लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सले यसको सुरुवाती मुल्य २४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...