एक महिनाका लागि निसानको नयाँ वर्ष अफर : निसान किक्स किन्दा ३ लाख ९५ हजारको छुट

काठमाडौं – नेपाली बजारमा उपलब्ध निसान किक्स किन्दा ३ लाख ९५ हजार रुपैयाँ छुट पाइने भएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा सो अफर ल्याएको हो ।

निसान किक्सको मूल्य ४९ लाख ९९ हजार रुपैयाँबाट प्रारम्भ हुन्छ । किक्स एक्सएल पेट्रोलको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ छ । एक्सभी पेट्रोलको मूल्य ५४ लाख ४९ हजार रुपैयाँ छ । यी दुवै १४९८ सीसीका हुन् ।

त्यसैगरी १३३० सीसीमा रहेका एक्सभी प्रिमियम टर्बोको मूल्य ६४ लाख ९९ हजार, एक्सभी प्रिमियम (ओ) मोनो टर्बोको मूल्य ६९ लाख ९९ हजार र एक्सभी प्रिमियम सीभीटी टर्बोको मूल्य ७२ लाख ९९ हजार रुपैयाँ सम्म छ ।

भेरिएन्ट अनुसार आकर्षक नगद छुट कम्पनीले उपलब्ध गराउने बताएको छ । यसमा एक वर्षको इन्स्योरेन्स र रोड ट्याक्स समेत छुट हुनेछ ।

निसान किक्स किन्दा ३ वर्ष सम्म निःशुल्क सर्भिसिङ गर्न सकिने छ भने ३ वर्षको वारेन्टी उपलब्ध हुनेछ ।

यसरी समग्रमा ३ लाख ९५ हजार रुपैयाँ सम्मको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ ।

यो अफर आगामी जनवरी ३१ सम्म मात्र लागू हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

किक्स र म्याग्नाइट ग्राहकका लागि पायोनियर मोटोकर्पले ल्यायो ‘निसान सुरक्षा’ प्याकेज

किक्स र म्याग्नाइट ग्राहकका लागि पायोनियर मोटोकर्पले ल्यायो ‘निसान सुरक्षा’ प्याकेज

नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान गाडीका...

यस्तो छ नेपाली बजारमा भोलि सार्वजनिक हुने इलेक्ट्रिक कार निसान लिफका १० तथ्य

यस्तो छ नेपाली बजारमा भोलि सार्वजनिक हुने इलेक्ट्रिक कार निसान लिफका १० तथ्य

प्रख्यात इलेक्ट्रिक कार निसान लिफ भोलि नेपाली बजारमा सार्वजनिक हुँदैछ ।...

आइतबार देखि निसान गाडीको नेसनवाइड सर्भिस क्याम्प गरिने

आइतबार देखि निसान गाडीको नेसनवाइड सर्भिस क्याम्प गरिने

काठमाडौं – नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...