नाइमा एक्सपोमा प्रदर्शन हुने अपेक्षा गरिएको निसान टेक्टन भारतमा लन्च
निसानले भारतीय बजारमा नयाँ मिड साइज एसयूभी निसान टेक्टन लन्च गरेको छ। यसले...
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को अफरको रुपमा एउटै गाडी निसान किक्समा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको छ ।
कम्पनीले १ वर्ष सम्मको इन्स्योरेन्स र सडक कर छुट दिनेछ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ ।
कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफर समेत उपलब्ध छ । यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुनेछ ।
सो अफर आज देखि प्रारम्भ भएको छ र आगामी अप्रिल ३० अर्थात बैशाख १७ सम्म लागू हुनेछ ।
निसान किक्सको हाल नेपाली बजारमा ४८ लाख ९९ हजार देखि ७२ लाख ९९ हजार रुपैयाँ सम्म तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...