नयाँ ग्राफिक्स र चार्जिङ क्षमता सुधार सहित जनवरी ६ मा लन्च हुँदै एथर ४५० एपेक्स
एथर इनर्जीले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर ’४५० एपेक्स’ जनवरी ६ मा...
भारतमा टाटा मोटर्सले ईभीका लागि हाल सम्मकै सबैभन्दा ठूलो सम्झौता गरेको छ । टाटाले भारतको प्रतिष्ठित राइड सेयर कम्पनी उबरलाई २५ हजार एक्सप्रेस–टी इलेक्ट्रिक कार डेलिभरी गर्नेछ ।
भारतका विभिन्न सहरमा सो इलेक्ट्रिक कारलाई ट्याक्सीको रुपमा प्रयोग गरिने छ । इलेक्ट्रिक ट्याक्सीको प्रयोगबाट सहरको स्वच्छतामा समेत सहयोग पुग्ने छ ।
टाटा मोटर्सले सन् २०२१ जुलाईमा फ्लिट ग्राहकका लागि एक्सप्रेस ब्रान्ड लन्च गरेको थियो । यसको पहिलो सवारी साधनको रुपमा एक्सप्रेस–टी पहिलो सवारी साधन थियो । २६ र २५.५ किलोवाट आवर ब्याट्री प्याक विकल्पका साथ ३१५ र २७७ किलोमिटर रेन्ज दिने गरी सो सेडान दुई भर्सनमा उपलब्ध छ ।
रोचक पक्ष के छ भने नेपालमा समेत सो इलेक्ट्रिक कार ट्याक्सीको रुपमा प्रयोग गर्ने लक्ष्यका साथ हालै भित्रिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सो इलेक्ट्रिक सेडान हाल परीक्षण गरिरहेको छ ।
नेपालमा भित्रिएको एक्सप्रेस–टीमा २६ किलोवाट आवरको ब्याट्री प्याक छ, जसले सिंगल चार्जमा ३०६ किलोमिटर रेन्ज दिने बताइन्छ । यसमा भएको ब्याट्रीलाई फुल चार्ज गर्न सामान्यतः ८ घण्टा ४५ मिनेट लाग्छ भने २५ किलोवाटको डीसी चार्जरले ६५ मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
एथर इनर्जीले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर ’४५० एपेक्स’ जनवरी ६ मा...
सिम्पल इनर्जीले आफ्नो जेन–२ इलेक्ट्रिक स्कूटर लन्च गरेको छ । तीन...
यो महिना नेपाली बजारमा ३ नयाँ इलेक्ट्रिक कार सार्बजनिक गरिए । ३ दिनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...