दीपावलीमा एथर इनर्जीको २५० युनिट इलेक्ट्रिक स्कुटर डेलिभरी

भारतमा एथर इनर्जीले सोमबार दिपावलीका दिन फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर एथर इनर्जीको २५० युनिट डेलिभरी गरेको छ । एथर इनर्जी १ दिन यति धेरै डेलिभरी भएको पहिलो घटना हो । कर्नाटकको राजधानी बेंगलुरुमा एथरको उच्च माग छ । बेंगलुरुमा आधारित कम्पनीले सेप्टेम्बरमा बिक्रीमा १९७ प्रतिशतले वृद्धि भएको छ ।

एथरसँग हाल ४५० प्लस र ४५० एक्स गरी २ वटा इलेक्ट्रिक स्कुटरहरू छन् । एथरले ४५० एक्स अपडेट गरेको छ । कम्पनीसँग हाल ४५० एक्स स्कुटरको तेस्रो जेनेरेशन मोडेल उपलब्ध छ ।

एथर ४५० प्लस
एथर ४५० प्लस ई–स्कुटरमा २.६ केडब्ल्युएच ब्याट्री रहेको छ । यसको इको मोडले ८५ किमी, राइड मोडले ७० किमी र स्पोर्ट मोडले ६० किमीको रेन्ज प्रदान गर्छ । यसले ५.४ केडब्ल्युको पावर र २२ एनएमको टर्क जेनेरेट गर्छ । ४५० प्लसले ३.९ सेकेन्डमा ४० किमी प्रतिघण्टाको गति लिन सक्छ र यसको टप स्पिड ८० किमी प्रतिघण्टा छ ।

एथर ४५० एक्स
एथर ४५० एक्स ई–स्कुटरमा ३.२४ केडब्ल्युएच ब्याट्री समावेश गरिएको छ । यो इलेक्ट्रिक स्कुटरले इको मोडमा १०५ किमी, राइड मोडमा ८५ किमी र स्पोर्ट मोडमा ७५ किमीको रेन्ज दिन्छ । ४५० एक्समा अतिरिक्त वार्प राइडिङ मोड पनि उपलब्ध छ, जसले ६५ किमीको रेन्ज प्रदान गर्ने क्षमता छ ।

यसको इलेक्ट्रिक मोटरले ६.२ केडब्ल्युको पावर र २६ एनएमको टर्क जेनेरेट गर्छ ।४५० एक्स ई–स्कुटरले ३.३ सेकेन्डमा ४० किमी प्रति घण्टाको गति लिन सक्छ र यसको ८० किमी प्रतिघण्टाको टप स्पिड रहेको छ ।

एथर ४५० एक्स इलेक्ट्रिक स्कुटरमा म्युजिक र कलको लागि ब्लुटुथ ४.२ जस्ता फिचर समावेश छ । यसमा टायर प्रेशर मोनिटरिङ सिस्टम एसेसरी पनि छ, जसले स्कुटरको रेन्ज बढाउन मद्दत गर्छ ।

सम्बन्धित समाचारहरू

२०३५ सम्ममा ईभीबाट मात्र सेवा दिने स्पार्क ग्रुपको योजना

२०३५ सम्ममा ईभीबाट मात्र सेवा दिने स्पार्क ग्रुपको योजना

नेपालमा स्तरिय कार रेन्टल सेवा उपलब्ध गराउँदै आएको स्पार्क ग्रुपले सन्...

२०३० सम्म ठूलो मात्रामा सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने योजनामा बीवाईडी

२०३० सम्म ठूलो मात्रामा सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने योजनामा बीवाईडी

बीवाईडीले अल–सोलिड–स्टेट ब्याट्री विकास गर्ने कार्यमा महत्वपूर्ण योजना...

ज्योति ग्रुपले नेपाली बजारमा भित्र्यायो भारतीय ब्रान्ड इलेक्ट्रिक वानको ए सिरिज स्कुटर

ज्योति ग्रुपले नेपाली बजारमा भित्र्यायो भारतीय ब्रान्ड इलेक्ट्रिक वानको ए सिरिज स्कुटर

काठमाडौं – ज्योति ग्रुप अन्तर्गतको स्यामुकापु ट्रेडिङ प्रालिले ई१ ए...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...