प्योर ईभीको इलेक्ट्रिक बाइक नेपाल आउदै, खुल्यो बुकिङ र टेस्ट राइडको अवसर
काठमाडौं – नेपाली बजारमा भारतीय इलेक्ट्रिक ब्रान्ड प्योर ईभीको बाइक...
काठमाडौं – नेपाली बजारमा चाइनिज ब्रान्ड इभोक मोटरसाइकलको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल भित्रिने भएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा इन्ड्युरो मोटर्सले सो इलेक्ट्रिक मोटरसाइकल भित्र्याउने भएको हो ।
इभोकको अर्वान क्लासिक मोडल नेपाली बजारमा उपलब्ध हुनेछ । १४० किलोमिटर प्रतिघण्टा सम्मको स्पिड र सिंगल चार्जमा २५० किलोमिटर सम्मको रेन्ज दिने यो मोटरसाइकल लामो दुरीको यात्राका लागि समेत उपयोगी हुनेछ । हाल नेपाली बजारमा उपलब्ध केही मोडलका इलेक्ट्रिक मोटरसाइकल भन्दा यो बढी रेन्जको हुनेछ ।
अर्वान क्लासिकमा १०.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक छ । यसलाई ९० मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसलाई ३.३ किलोवाट चार्जर र कार चार्जिङ स्टेसनमा समेत चार्ज गर्न सकिन्छ ।
यसमा २५ किलोवाटको मोटर रहेको छ । डिजिटल अनबोर्ड सेन्सर र विभिन्न प्रकारका स्विच तथा मल्टिपल राइडिङ मोड रहेको यो मोटरसाइकल स्टाइलिस रेट्रो डिजाइनमा रहेको छ ।
यो मोटरसाइकल करिव दुई महिना भित्र नेपाली बजारमा उपलब्ध हुने इन्ड्युरो मोटर्सले जनाएको छ । यसको मूल्य पनि त्यति बेला नै थाहा हुनेछ ।
काठमाडौं – नेपाली बजारमा भारतीय इलेक्ट्रिक ब्रान्ड प्योर ईभीको बाइक...
टेक्नोलोजी जायन्ट हुवावेले चीनको प्रख्यात अटो निर्माता सेरेससंग...
काठमाडौं – नेपालमा इलेक्ट्रिक कार नेटा भीको बुकिङ लिने ग्राहकले अवको २...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...