बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध हार्टफोर्डको नयाँ बाइक भीआर १५० एच विभिन्न छुटमा किन्न सकिने भएको छ ।
१२ लिटरको इन्धन ट्यांकी भएको यो बाइकको मूल्य ४ लाख ६५ हजार रुपैयाँ तोकिएको छ । हाल चाडपर्व अफरको रुपमा सबै गरी २५ हजार रुपैयाँ बराबरको स्किम उपलब्ध छ ।
नयाँ बाइक किन्ने ग्राहकलाई बाइकको मूल्यमा १० हजार रुपैयाँ सम्म छुट हुने बताइएको छ । त्यसैगरी मेभोक्स हेल्मेट, बाइक कभर, लेग गार्ड आदि एसेसरिज तथा एक वर्षको सडक कर समेत निःशुल्क उपलब्ध हुनेछ । यी सबैको मूल्य करिव १५ हजार हुन्छ । यस अनुसार हार्टफोर्डका बाइक किन्दा सबैगरी २५ हजार रुपैयाँ जति छुट उपलब्ध हुनेछ ।
हार्टफोर्ड भीआर १५०एचमा १४९ सीसीको इन्जिन छ, जसमा ५ स्पिड गियरबक्स उपलब्ध छ ।
यसको लम्बाई, चौडाई र उचाई क्रमशः २१९० एमएम, ८८० एमएम र १२४० एमएम छ । त्यसैगरी ह्विलबेस १३७५ एमएम छ । १२३ किलोग्राम तौल भएको सो बाइकको अघिल्लो भागमा डबल पेरिस्कोप र पछिल्लो भागमा मोनोसक सस्पेन्सन छ । त्यसैगरी दुवै पांग्रामा डिस्क ब्रेक छ ।
नेपाली बजारमा पहिले देखि नै हार्टफोर्ड बाइक उपलब्ध भए पनि हाल नयाँ मोडलको बाइक उपलब्ध भएको हो । इग्निसन अटोले उपलब्ध गराइरहेको यो बाइकमा पहिले भन्दा क्लासिक र पावरफुल हेडलाइट उपलब्ध छ । त्यसैगरी ठूलो र फराकिलो टायर छ । त्यसैगरी डिजिटल मिटर र अपसाइड डाउन फोर्क छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...