वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
नवलपुर (नवलपरासी) – गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम...
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले करिव दुई वर्षको अवधिमा २५ लाख इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गरिने र यो भन्दा पहिले नै यसलाई रिड गर्ने गेटहरु निर्माण गरिने बताएका छन् ।
इम्बोस्ड नम्बर प्लेट राख्नु भन्दा पहिले यसलाई रिड गर्ने मेसिन ल्याउनु पर्नेमा पहिले नम्बर प्लेटको व्यवस्था गरिएको बताउँदै आगामी दिनमा भने विशेष योजनाका साथ कार्य गरिने उनले बताए ।
युथ फर रोड सेफ्टी इन नेपाल अभियानको व्यवस्थापनमा शुक्रवार देखि काठमाडौंमा प्रारम्भ भएको नेसनल युथ कन्फ्रेन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटीको समापन समारोहमा बोल्दै शनिबार मन्त्री दाहालले सो कुरा बताएका हुन् ।
ड्राइभिङ लाइसेन्स प्रिन्ट लगायतका विभिन्न व्यवस्था प्रदेश सरकारले नै गर्ने व्यवस्था भइरहेको र आगामी दिनमा यसलाई कार्यान्वयन गरिने उनले बताए ।
विदेशबाट गाडी मगाउदा वा नेपालमै एसेम्बल गर्दा समेत सुरक्षालाई प्राथमिकता दिने गाडी उपलब्ध गराउन प्रोत्साहन गरिने उनले बताए ।
भेइकल फिटनेस टेस्ट अहिले औपचारिकता पुरा गर्ने रुपमा मात्र रहेको बताउँदै उनले आगामी दिनमा यसलाई व्यवस्थित गरिने बताए ।
चालक अनुमति पत्रमा हुने अनियमिततालाई कडाईका साथ सुधार गरिने बताउदै उनले सडकमा गाडी चलाउने चालकलाई तालिम लगायतका विभिन्न व्यवस्थाका लागि बजेट छुट्याइने बताए । लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधनमा दुई जना चालक राख्ने लगायतका विभिन्न व्यवस्था गरेर सडक सुरक्षा बढाइने उनले बताए।
आगामी दिनमा अन्य मन्त्रालयसँगको सहकार्यमा विभिन्न कार्य गरिने उनले बताए । यातयात सम्बन्धी विभिन्न नीति छिट्टै नै परिमार्जन गरिने समेत उनले बताए ।
नवलपुर (नवलपरासी) – गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम...
काठमाडौं- बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र...
भारत सरकारले बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालन गर्न १० वटा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...