सीजी मोटर्सद्वारा एकैपटक २५ किङलङ १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण

काठमाडौं – चौधरी ग्रुुप अन्तर्गत सीजी मोटर्सले सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रालिलाई एकैपटकमा २५ थान किङलङ १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको छ । काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको किङलङका ती माइक्रो भ्यान हस्तान्तरण गरेको हो ।

यातायात व्यवसायीहरुको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता अर्जुन नरसिंह केसी, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार तथा अन्य यातायात व्यवसायीका प्रतिनिधि र यातायातसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति पनि रहेको थियो।

सो अवसरमा सीजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डेले भने “यति धेरै गाडी एकैपटकमा हस्तान्तरण गर्न पाउँदा हामी सम्पूर्ण सीजी मोटर्स परिवार अत्यन्तै हर्षित र गौरवान्वित भएका छौँ। सुपर माउण्ट एभरेष्ट यातायात व्यवसायी प्रालिलाई गाडी हस्तान्तरण गर्दै गर्दा, उहाँहरुले वातावरण संरक्षण तर्फ लिनुभएको सो कदमलाई हामी हृदयबाटै धन्यवाद दिन चाहन्छौं। आगामी दिनहरुमा उहाँहरु जस्तै अन्य यातायात व्यवसायीहरुलाई पनि वातावरणमैत्री इलेक्ट्रिक माइक्रो भ्यानको प्रयोग गर्न प्रोत्साहन गर्न चाहन्छौँ।”

उनले थपे, “बजारमा प्रचलित डिजेल भ्यानहरुसँग तुलनानै गर्ने हो भने, इलेक्ट्रिक माइक्रो भ्यानहरुले अत्याधिक खर्चहरु पूर्ण रुपमा कटौती गरी धेरै भन्दा धेरै बचतको बाटो खोलिदिएको छ। प्रति किलोमिटरको अपरेटिङ कष्टको हिसाब गर्ने नै हो भने २ रुपैयाँ भन्दा पनि कम हुन आउँछ जसकारण हाम्रो यातायात व्यवसायीहरुले न्युनतम खर्चमा धेरै आम्दानी गर्न सकिन्छ।”

किङलङ १४ सिटर इलेक्ट्रिक कमर्सियल भेइकलमा ५०.२३ किलोवाटको ब्याट्री पाउन सकिन्छ। यसका साथै उक्त गाडीमा एबीएस, ईबीडी, १८० एमएम ग्राउन्ड क्लियरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसी जस्ता विशेषताहरु पाउन सकिन्छ भने उक्त गाडीलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ।

ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिने कम्प्पनीको भनाइ छ। साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ।

नेपालभर १८५ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप उत्तिकै ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुने समेत कम्पनीले बताएको छ ।

सम्बन्धित समाचारहरू

कोमेटमा आधारित नयाँ मिनी ईभी ल्याउँदै एमजी, इलेक्ट्रिक केयूभी १०० संग प्रतिस्पर्धा हुने

कोमेटमा आधारित नयाँ मिनी ईभी ल्याउँदै एमजी, इलेक्ट्रिक केयूभी १०० संग प्रतिस्पर्धा हुने

एमजी मोटर इन्डियाले कोमेटमा आधारित अर्को नयाँ इलेक्ट्रिक माइक्रो एसयूभी...

लेभ्निङ इलेक्ट्रिक स्कुटरको सोरुम भिजिट गर्दा सलमान खान शो टिकटका साथै इलेक्ट्रिक स्कुटर पाइने

लेभ्निङ इलेक्ट्रिक स्कुटरको सोरुम भिजिट गर्दा सलमान खान शो टिकटका साथै इलेक्ट्रिक स्कुटर पाइने

काठमाडौं – नेपाली बजारमा उपलब्ध प्रसिद्ध चिनियाँ इलेक्ट्रिक स्कुटर...

लाइभस्ट्रिममार्फत सार्वजनिक गरियो नेपालको पहिलो अफरोडर एसयूभी जेको जे६

लाइभस्ट्रिममार्फत सार्वजनिक गरियो नेपालको पहिलो अफरोडर एसयूभी जेको जे६

काठमाडौं – नेपालमा ओमोडा तथा जेको ब्रान्डको आधिकारिक वितरक एसपीजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...