अशोक लेल्यान्डका २५ टिपर एकै पटक ग्राहकलाई हस्तान्तरण

काठमाडौं – नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सले एकै पटक २५ टिपर ग्राहकलाई हस्तान्तरण गरेको छ । आईएमई मोटर्सको वीरगन्ज वितरण केन्द्रबाट एकै पटक ग्राहकलाई ती टिपर हस्तान्तरण गरिएको हो ।

यु २५१८ मोडलको सो १० चक्के टिपर विशेष गरी सडक निर्माण कार्यमा प्रयोग गर्न सकिन्छ । ९–स्पिड गियरबक्स, बुगी सस्पेन्सन, आरामदायी यु क्याबिन र इनलाइन फ्युल पम्प लगायतका विभिन्न विशेषता भएको सो टिपर नेपालमा धेरै प्रयोगमा आएको पाइन्छ ।

विगत केही वर्ष यता निर्माण कार्य सुस्ताएको र सो अवस्थामा निर्माण क्षेत्रमा प्रयोग हुने सवारी साधनको समेत बिक्री कम भइरहेको समयमा यसरी एकै पटक धेरै संख्यामा टिपर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा अशोक लेल्यान्डका लाइट कमर्सियल भेइकलदखि लिएर ट्रक र टिपर जस्ता हेभी कमर्सियल भेइकलसम्म उपलब्ध छन् । लाइट कमर्सियल भेइकलमा दोस्त पिकअप प्रचलित छ । विभिन्न कार्यका लागि उपयोग गर्न सकिने यसका फरक फरक मोडल उपलब्ध छन् । सामान ओसार्नका लागि यसको प्रयोग हुन्छ । त्यसैगरी कम्पनीबाटै जडान भएको अर्थात इबिल्ड कन्टेनर भएको सवारी साधन समेत उपलब्ध छ । रेफ्रिजेरेसन सुविधा सहितको गाडीमा अशोक लेल्यान्ड पायोनियर नै हो । गार्बेज ट्रक समेत उपलब्ध गराएको छ । पानी बोक्ने ट्यांकर, एम्बुलेन्स यस्ता धेरै भेराइटी लाइट कमर्सियल भेइकलमा उपलब्ध छन् ।

त्यसैगरी ट्रक, टिपर आदि इन्टरमिडियट कमर्सियल भेइकल छन् । यो बाहेक ठूला ट्रक र टिपर समेत छन् । नेपाली बजारमा उपलब्ध २५१८ मोडलको दस चक्के टिपर निकै नै लोकप्रिय सवारी साधन हो । यो भन्दा ठूला १२ चक्के, १ ४ चक्के ट्रक पनि नेपाली बजारमा उपलब्ध छन् ।

बसको पनि फुल रेन्ज उपलब्ध छ । भाइकिङ २२२ बस नेपाली बजारमा उपलब्ध सबैभन्दा राम्रो बस हो । यो निकै नै लोकप्रिय र आरामदायी तथा बढी माइलेजयुक्त छ । पर्यटकीय क्षेत्रमा यसको धेरै प्रयोग हुन्छ ।

अशोक लेल्यान्डका सवारी साधन भरपर्दा छन् । यी गाडी बलिया छन् र नेपाल जस्तै पहाडी भुभागका लागि एकदमै उपयोगी छन् । नेपाली सडकमा यी गाडीको पर्फमेन्स निकै नै राम्रो छ ।

सम्बन्धित समाचारहरू

एस्कर्ट ब्याकहो लोडर अब बैद्य अर्गनाइजेसनले समेत बिक्री गर्ने

एस्कर्ट ब्याकहो लोडर अब बैद्य अर्गनाइजेसनले समेत बिक्री गर्ने

भारतीय हेभी इक्विपमेन्ट उत्पादक कम्पनी एस्कर्टको ब्याकहो लोडर अब बैद्य...

आईएमई मोटर्ससँग जोडिएर ढुक्क रहन सीईओ हेमन्त पुरानिकको आग्रह

आईएमई मोटर्ससँग जोडिएर ढुक्क रहन सीईओ हेमन्त पुरानिकको आग्रह

हेमन्त पुरानिक आईएमई मोटर्सका सीईओ अर्थात प्रमुख कार्यकारी अधिकृत हुन् ।...

आईएमई ग्रुप अटोमोटिभ डिभिजनको सीईओमा अब हेमन्त पुरानिक

आईएमई ग्रुप अटोमोटिभ डिभिजनको सीईओमा अब हेमन्त पुरानिक

काठमाडौं – आईएमई ग्रुप, अटोमोटिभ डिभिजनको सीईओमा हेमन्त पुरानिक नियुक्त...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...