गत आर्थिक वर्षमा भित्रिए २४९ विद्युतीय सवारी, पहिले भन्दा लगभग आधाले कमी

काठमाडौं – गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा २४९ विद्युतीय सवारी साधन आयात भएका छन् । ती मध्ये अधिकांश १०० किलोवाट सम्म क्षमता भएका १२० गाडी आयात भएका छन् ।

भन्सार विभागको तथ्यांक अनुसार यी गाडी मध्ये चीनबाट ७६, भारतबाट २५ र कोरियाबाट १९ विद्युतीय गाडी आयात भएका हुन् ।

त्यसैगरी ५० देखि १०० किलोवाट क्षमता सम्मका २५ वटा गाडी आयात भएका मध्ये चीनबाट १८ र कोरियाबाट ७ गाडी आयात भएका छन् ।

१०० देखि १५० किलोवाट क्षमताका चीनबाट ३८ र अमेरिकाबाट १३ गरी ५१ गाडी आयात भएका छन् । यो भन्दा माथिल्लो २०० किलोवाट सम्मका चीनबाट ८ र कोरियाबाट ४५ विद्युतीय गाडी आयात भएका छन् ।

नेपाली बजारमा पछिल्लो समयमा चीनमा निर्मित इलेक्ट्रिक गाडी आउने क्रम बढ्दो छ । नेपाली बजारमा यस अनुसार चाइनिज, भारतीय र कोरियन ब्रान्डका विद्युतीय गाडी आयात भएको देखिन्छ ।

गत आर्थिक वर्षको प्रारम्भमा भन्सार र अन्तःशुल्कमा गरिएको भारी वृद्धिका कारण यस्ता सवारी साधनको आयात ठप्प भएको थियो । पछिल्लो समयमा सरकारले परिमार्जन गरेको नीतिका कारण व्यवसायीहरुले विद्युतीय सवारी साधन भित्र्याउन थालेसँग आयात पनि बढेको हो ।

यो भन्दा पहिले आर्थिक वर्ष २०७६/७७ मा कुल ४८१ विद्युतीय सवारी साधन भित्रिएका थिए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...