९ महिनामा २,४५१ युनिट विद्युतीय गाडी आयात, यस्तो छ अवस्था

काठमाडौं – चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा २ हजार ४५१ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार यसबाट ६ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ भने सरकारले १ अर्ब ९३ करोड राजश्व उठाएको छ।

चैत महिनामा २५३ युनिट विद्युतीय कार, जिप र भ्यान आयत भएका छन्।

यो अवधिमा सबैभन्दा धेरै भारतबाट ४ अर्ब ७१ करोड ९८ लाख रुपैयाँको १७५५ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएको छ।

यसैगरी, चीनबाट १ अर्ब ८ करोड ५१ लाख बराबरको ४२९ युनिट, कोरियाबाट यो अवधिमा १ अर्ब ६ करोड ६७ लाख रुपैयाँको २६० युनिट र इन्डोनेसियाबाट ६४ लाख रुपैयाको ३ युनिट तथा अमेरिकाबाट २ करोड २७ लाख बराबरको ४ वटा विद्युतीय गाडी आयात भएका छन्।

सो अवधिमा सबैभन्दा बढी १०० किलोवाटभन्दा कम रेन्जका विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्। विभागका अनुसार यो अवधिमा नेपालमा ६ अर्ब ५२ करोड बराबरको २३ सय ७९ युनिट १०० किलोवाटभन्दा कम रेन्जको विद्युतीय सवारी साधन आयात भएका छन् ।

त्यसैगरी, १०० किलोवाटदेखि २०० किलोवाटसम्मको २७ करोड १२ लाख बराबरको ६५ युनिट र २०० किलोवाटदेखि ३०० किलोवाटसम्मको ४ करोड ६५ लाख बराबरको ७ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् ।

यो अवधिमा कम्बसन इन्जिनबाट चल्ने सवारी साधन भने २ हजार ८ युनिट मात्र आयात भएका छन् । सरकारले चालु आर्थिक वर्षको सुरुदेखि नै निरन्तर प्रतिबन्ध कायम राखेको पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात पुस १ गतेबाट खुल्ला गरेको थियो । यद्यपि अहिले पनि यी कारको आयात कमै मात्र भएको छ ।

सम्बन्धित समाचारहरू

डेलिभरी कम्पनीले लियो १० युनिट इलेक्ट्रिक मोटरसाइकल

डेलिभरी कम्पनीले लियो १० युनिट इलेक्ट्रिक मोटरसाइकल

काठमाडौं – डेलिभरी कम्पनी ड्यास लजिस्टिक एकै पटक १० युनिट विद्युतिय...

आइएमई मोटर्स अब स्विच मोबिलिटीका विद्युतीय गाडीको आधिकारिक वितरक

आइएमई मोटर्स अब स्विच मोबिलिटीका विद्युतीय गाडीको आधिकारिक वितरक

काठमाडौँ – आइएमई मोटर्स नेपालमा स्विच मोबिलिटीका विद्युतीय गाडी र अशोक...

इलेक्ट्रिक कार भित्र्याउने मात्र होइन, ब्याट्री व्यवस्थापन समेत गर्न सर्वोच्चको आदेश

इलेक्ट्रिक कार भित्र्याउने मात्र होइन, ब्याट्री व्यवस्थापन समेत गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...