रसुवा नाकाबाट एकै दिन ल्याइयो २२ वटा विद्युतीय माइक्रोबस

रसुवा - नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा माइक्रोबस बुधबार साँझसम्म नेपाल भित्रिएका हुन् । माइक्रोबसको सिट क्षमता १२ रहेको छ ।

चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दसैँलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए । दसैँअगावै १०० विद्युतीय कार आयात भएका थिए भने पछिल्लो समय माइक्रोबस आयात हुने क्रम बढेको भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

सहरी क्षेत्र केन्द्रित गरी आयात गरिएका माइक्रोबसका पाङ्ग्रा होचा भएका कारण कच्ची सडकमा गुडाइ काठमाडौँ लान निकै चुनौती रहेको सवारी चालकले प्रतिक्रिया दिएका छन् । रसुवागढीदेखि गल्छीसम्मका अधिकांश सडकमा बढी खाल्डाखुल्डी भएकाले साना र होचा सवारी साधन सहजरूपले लैजान बढी असहज हुने गरेको बताइन्छ ।

दसैँ अगाडि आयात भएका सानाखाले केही सवारी साधन भने मालधनी एवं उसका प्रतिनिधि नपुग्दा भन्सार हातामा थन्किएका छन् । विद्युतीय सवारी साधनको आयातले प्रदूषणको न्यूनीकरण एवं सहरी क्षेत्रमा वातावरणको स्वच्छता बढ्ने र पेट्रोलियम पदार्थबाट चल्ने यात्रुबाहक साधन क्रमिकरूपले हट्दै जाने बताइएको छ ।

सवारी साधनमा रहने ब्याट्री एक पटक चार्ज गरेपछि चार घण्टासम्म पुग्ने भएकाले बिना आवाज सहरी क्षेत्रको यात्रा अत्यन्तै सहज हुने जनाइएको छ । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म ९०० भन्दा बढी सानाठूला सवारी साधन आयात भएको भन्सार कार्यालयले जनाएको छ । आयात भएका सवारी साधनबाट नियमानुसार भन्सार शुल्कबापत रु ६५ करोडभन्दा बढी राजस्वसमेत दाखिला भइसकेको भन्सार अधिकारीले बताएका छन् ।रासस

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ यूरोपमा बिक्री हुने सिट्रोन ईसी–३, स्टायल र पावरट्रेन पुरै फरक हुने

यस्तो हुनेछ यूरोपमा बिक्री हुने सिट्रोन ईसी–३, स्टायल र पावरट्रेन पुरै फरक हुने

फ्रेन्च अटो निर्माता सिट्रोनले युरोपेली बजारमा बिक्री हुने ईसी–३ बारे...

लुयानको नयाँ मोडलको इलेक्ट्रिक स्कुटर एस९० नेपालमा सार्वजनिक

लुयानको नयाँ मोडलको इलेक्ट्रिक स्कुटर एस९० नेपालमा सार्वजनिक

काठमाडौं – लुयान नेपालले नयाँ विद्युतीय स्कुटर लुयान एस९० हालै नेपालमा...

यस्तो हुनेछ महिन्द्राले सार्वजनिक गर्ने नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० का १० विशेषता

यस्तो हुनेछ महिन्द्राले सार्वजनिक गर्ने नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० का १० विशेषता

महिन्द्रा एन्ड महिन्द्रा कम्पीले भारतमा पहिलो इलेक्ट्रिक एसयूभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...