दुबईमा अर्काे वर्षदेखि नियमित रुपमा एयर ट्याक्सी सञ्चालनमा आउने
अमेरिकाको जोबी एभिएशन नामक कम्पनीले अर्काे वर्षदेखि दुबईमा नियमित रुपमा...
काठमाडौं - ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट नम्बर प्लेट स्पष्ट नलेखिएका १६५ र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, ‘अनटेस्ट’, अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका र नम्बर प्लेट ढाकिएका मोटरसाइकल विरुद्ध विशेष अभियान सञ्चालन गरेको जानकारी दिए ।
विशेषगरी नयाँ ‘अनटेस्ट’ र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिका मोटरसाइकलले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेकाले यस्ता मोटरसाइकललाई कारबाहीको दायरामा ल्याएको भट्टराईले बताए ।
ट्राफिक नियम उलङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुनसक्ने चोरी लुटपाटलगायतका आपाराधिक क्रियाकलापलाई रोक्न यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महाशाखाको बुझाइ छ ।
त्यस्ता तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले ५ सय देखि एक हजार ५ सय रूपैँयासम्म जरिवाना गर्दै आएको छ ।
अमेरिकाको जोबी एभिएशन नामक कम्पनीले अर्काे वर्षदेखि दुबईमा नियमित रुपमा...
धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार...
यदि सवारी साधन बनाउन धेरै समय लाग्ने अवस्था छ, सवारी साधन बनाउन धेरै समय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...