हिरोका नयाँ प्रिमियम मोटरसाइकल १५० देखि ३५० सीसी सेग्मेन्टमा आउने
विश्वकै ठूलो दुई–पांग्रे सवारी साधन निर्माता कम्पनी हिरो मोटोकर्पले...
२० वर्ष पहिले बजारमा आउँदा विश्वकै लोकप्रिय टुरिङ स्कुटरको पहिचान कायम गरेको यामाहा टीम्याक्स स्कुटर बिग बाइकको पावर दिने तरिकाले बनाइएको छ । यसलाई चलाउन सहज छ भने लामो दुरीका लागि यो निकै नै सुविधाजनक छ ।
२० वर्ष पुगेको उपलक्ष्यमा यामाहाले २०औं वार्षिकोत्सवको लागि नयाँ टीम्याक्स स्कुटर बनाएको छ । विश्वभर यस्ता स्कुटर ५ सय ६० युनिट मात्र बिक्रीका लागि उपलब्ध हुने छन् । यद्यपि यो स्कुटर युरोपेली बजारमा मात्र बिक्रीका लागि उपलब्ध हुनेछ ।
हाल सम्म उपलब्ध टीम्याक्स स्कुटर मध्ये २०औं वार्षिकोत्सव एडिसनको टीम्याक्स सबैभन्दा बढी स्पेसिफिकेसन भएको हुनेछ । यसको एक्सक्लुसिभ फिचरको रुपमा फोर्ग्ड कार्बन बडीवर्क र स्पेसल टेक ग्राफाइट कलर हुनेछ ।
लामो दुरीमा कम्फर्टेबल राइडका लागि यसमा हिटेड ग्रिप सहितको एल्लो स्टिच गरिएको प्रिमियम हिटेड सिट हुनेछ । प्रत्येक युनिटमा १ देखि ५६० सम्म क्रमशः नम्बर उपलब्ध हुनेछ । यसले टीम्याक्सलाई यामाहाको आइकनिक स्पोर्ट स्कुटरको पहिचान दिनेछ ।
सबैभन्दा पहिले सन् २००० मा युरोपेली बजारमा यामाहा टीम्याक्स स्कुटर सार्वजनिक गरिएको थियो र त्यतिबेला ५०० सीसी इन्जिन भएको ठूलो एक मात्र स्कुटर थियो ।
सन् २०१२ मा यसमा सामान्य परिमार्जन गरियो र यसको इन्जिन ५३० सीसीको बनाइयो । अब २०२१ को मोडलमा भने ५६० सीसीको इन्जिन छ । यसमा राइड–बाई–वायर सिस्टम, ट्रयाक्सन कन्ट्रोल, पावर मोड र अन्य धेरै फिचर छन् ।
नेपाली बजारमा पनि यामाहा टीम्याक्स स्कुटर उपलब्ध छ । यसको मूल्य नेपाली बजारमा ३५ लाख रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...