नयाँ कलर अपडेट सहित २०२५ रोयल इन्फिल्ड मेटियर ३५० लन्च

रोयल इन्फिल्डले आफ्नो नयाँ २०२५ मेटियर ३५० बाइक लन्च गरेको छ । मिडसाइज क्रुजर सेग्मेन्टमा धेरै माग हुने यस मोटरसाइकललाई कम्पनीले सेप्टेम्बर १५ मा लन्च गरेको हो । नयाँ मेटियर ३५० फायरबल, स्टेलर, अरोरा र सुपरनोभा गरी चार भेरिएन्टमा उपलब्ध छ ।

कम्पनीले सबै मोडलमा नयाँ कलर अप्सन थपेको छ । सुपरनोभा मोडल आधुनिक क्रोम फिनिशसहित आउनेछ भने अरोरा मोडल पुरानो शैलीका रेट्रो रङमा उपलब्ध हुनेछ । स्टेलर मोडल हल्का र बोल्ड रङ विकल्पमा आउँछ भने फायरबल मोडल भाइब्रेन्ट रङका साथ उपलब्ध हुनेछ । 

यसमा ३४९ सीसी एयर कुल्ड जे सिरिज इन्जिन दिइएको छ, जसले ६१०० आरपीएममा २०.२ बीएचपी पावर र ४००० आरपीएममा २७ एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पिड गियरबक्स जडान गरिएको छ । साथै, नयाँ अपडेटमा एलईडी हेडलाइट, ट्रिपर पोड, एलईडी टर्न इन्डिकेटर, यूएसबी टाइप सी फास्ट चार्जिङ पोर्ट, असिस्ट एन्ड स्लिप क्लच र समायोज्य लिभर जस्ता फिचर थपिएको छ ।

सो बाइकमा कम्पनीले ७ वर्षसम्मको विस्तारित वारेन्टी उपलब्ध गराएको छ । सो वारेन्टीमा ३ वर्ष वा ३० हजार किलोमिटरको मानक कभरेजका साथै अतिरिक्त ४ वर्ष वा ४० हजार किलोमिटरको थप सुविधा समावेश छ।

विश्वभर ५ लाखभन्दा बढी युनिट बिक्री भइसकेको मेटियर ३५० अहिले ६५ भन्दा बढी देशमा लोकप्रिय क्रुजर बाइकको रूपमा स्थापित भइसकेको छ । नयाँ रङ र अत्याधुनिक सुविधासहितको २०२५ मोडलले यसलाई अझै लोकप्रिय बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक ‘फ्लाइङ फ्ली सी६’ आउँदै

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक ‘फ्लाइङ फ्ली सी६’ आउँदै

इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीको माग तीव्र रूपमा बढ्दै गइरहेको छ। यही...

उत्पादन बृद्धि गर्ने योजनामा रोयल इनफिल्ड, वार्षिक क्षमता २० लाख पुग्ने

उत्पादन बृद्धि गर्ने योजनामा रोयल इनफिल्ड, वार्षिक क्षमता २० लाख पुग्ने

रोयल इनफिल्डले आफ्नो उत्पादन क्षमता २० लाख युनिट पु-याउने योजना बनाएको छ ।...

नयाँ हन्टर ३५० बन्याे राेयल इन्फिल्डकाे नेपालमा उपलब्ध सबैभन्दा कम मूल्यकाे बाइक, यस्ता छन् फिचर

नयाँ हन्टर ३५० बन्याे राेयल इन्फिल्डकाे नेपालमा उपलब्ध सबैभन्दा कम मूल्यकाे बाइक, यस्ता छन् फिचर

काठमाडौं – नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...