लन्च भयो नयाँ केटिएम ३९० एड्भेन्चर, यस्तो छ मूल्य र विशेषता

केटिएमले भारतमा ३९० एडभेन्चरको २०२५ संस्करण लन्च गरेको छ । स्ट्यान्डर्ड र एक्स गरी कुल दूई भेरिएन्टमा उपलब्ध यसको मूल्य क्रमशः ३ लाख ६७ हजार ६९९ र २ लाख ९१ हजार १४० भारु निर्धारण गरिएको छ ।

नयाँ केटिएम ३९० एड्भेन्चरमा केटीएमको सिग्नेचर यू आकारको एलईडी डिआरएल, अग्लो विन्डशिल्ड र अगाडि बढेको फेन्डर सहितको डुअल एलईडी हेडल्याम्प छ । यसमा फ्ल्याट सिट, नकल गार्ड, इन्जिन ब्यास प्लेट र अन्डरबेली एक्जस्ट लागायत फिचर राखिएएको छ ।

बाइकमा २०० एमएम ट्राभल र रियरमा २०५ एमएम ट्राभल प्रदान गर्ने मोनो–शकको साथ एडजस्टेबल डब्लुपी एपेक्स यूएसडी फ्रन्ट फोर्क जडान गरिएको छ । यसमा अगाडि २१ इन्च रिम र रियरमा १७ इन्चको वायरस्पोक ह्वीलहरू छन् । सिट ८३० एमएमको उचाइमा सेट गरिएको छ र ग्राउन्ड क्लियरेन्स २२७ एमएम छ । अगाडि ३२० एमएम डिस्क र पछाडि २४० एमएम डिस्क ब्रेकद्वारा ह्यान्डल गरिएको छ ।

नयाँ ३९० एडभेन्चरमा ३९९ सीसी, सिंगल–सिलिन्डर, लिक्वड–कुल्ड इन्जिन छ, जसले ४५.३ बीएचपी र ३९ एनएम उत्पादन गर्छ । इन्जिनलाई स्लिपर क्लच र बाई–डाइरेक्सनल क्विक सिफ्टर मार्फत ६–स्पीड गियरबक्समा जोडिएको छ ।

३९० एडभेन्चरमा ब्लुटुथ कनेक्टिभिटी सहितको ५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, क्रुज कन्ट्रोल, स्वीच गर्न मिल्ने कर्नरिङ ट्र्याक्सन कन्ट्रोल, कर्नरिङ एबीएस, अफ–रोड एबीएस जस्ता विशेषताहरू छन् । बाइकमा स्ट्रिट, रेन र अफ–रोड गरी कुल तीनवटा राइडिङ मोड पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

क्रुज कन्ट्रोल फिचरसहित आयो केटीएम ३९० ड्युक

क्रुज कन्ट्रोल फिचरसहित आयो केटीएम ३९० ड्युक

केटीएमले ३९० ड्युकको २०२५ संस्करण लन्च गरेको छ । २ लाख ९५ भारु निर्धारण...

सिएफ मोटोको १२५ देखी ६५० सिसी सम्मका मोटरसाइकल, यस्तो छ मूल्य र पावर

सिएफ मोटोको १२५ देखी ६५० सिसी सम्मका मोटरसाइकल, यस्तो छ मूल्य र पावर

चीनीयाँ ब्रान्ड सिएफमोटो एड्भेन्चर, सुपर स्पोर्टस्, टुरर र स्पोर्टस...

डुकाटीको अफरोडर बाइक डेजर्टएक्सको ग्लोबल प्रिमियर : २१ लिटरको ट्यांकी, २०२ केजी तौल

डुकाटीको अफरोडर बाइक डेजर्टएक्सको ग्लोबल प्रिमियर : २१ लिटरको ट्यांकी, २०२ केजी तौल

इटालीको प्रसिद्ध कम्पनी डुकाटीले दुबईको बुर्ज खलिफामा भइरहेको यस वर्षको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...