नेपाल आउने तयारीमा रहेको ओमोडा ईभीका लागी यस्तो रह्यो वर्ष २०२३
नेपाल आउने तयारीमा रहेको नयाँ ईभी ब्राण्ड ओमोडाले सन् २०२३ मा निकै राम्रो...
चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले २०२४ मोडलको बीवाईडी एट्टो ३ केही दिन पहिले सार्वजनिक गरेको छ । यसको एक्सटेरियर र इन्टेरियरमा व्यापक परिवर्तन गरेको छ । नयाँ एट्टो ३ मा बीवाईडी सिल सेडानमा प्रयोग भएको ठूलो १५.६ इन्चको रोटेटिङ टचस्क्रिन प्रयोग भएको छ । साथै यसमा १८ इन्चको नयाँ डिजाइनका अलोय ह्विल प्रयोग भएको छ ।
डिजाइन र स्टाइलिङ तथा मेकानिकलमा खासै परिवर्तन नगरे पनि २०२४ एट्टो ३ मा नयाँ कस्मस ब्ल्याक कलर अप्सन थप भएको छ । क्रोम विन्डोको सटा ग्लस ब्ल्याक ट्रिम प्रयोग भएको छ जसमा सिल्भर डी पिलर राखिएको छ । यो एसयुभीमा १८ इन्चको एलो ह्विल राखिएको छ र बुट लिडमा प्रयोग भएको विल्ड योर ड्रिम लोगोलाई छोट्याएर बीवाईडी मात्र लेखिएको छ । नयाँ टायर पहिलेको भन्दा चौडा छ जसले ह्यान्डलिङ र पर्फमेन्सलाई अझ राम्रो बनाउनेछ ।
एट्टो ३ को सबैभन्दा ठूलो परिवर्तन इन्टेरियरमा गरिएको छ । यसमा पहिले १२.८ इन्चको टचस्क्रिन प्रयोग भएको थियो अब भने १५.६ इन्चको रोटेटिङ टचस्क्रिन प्रयोग हुनेछ जुन भर्खरै लन्च गरिएको बीवाईडी सिलमा प्रयोग भएको थियो । नयाँ इन्फोटेनमेन्ट सिस्टमले सुधारिएको भिजिविलिटी र रेस्पोन्समार्फत युजर इन्टरफेसलाई अझ राम्रो बनाउनेछ । नयाँ कलर स्किममा ब्ल्याकसहित डार्क ब्लु हुनेछ । साथै यसको इन्टेलिजेन्ट स्टार्ट सिस्टमका कारण ड्राइभरले ब्रेक पेडललाई थिच्ने वित्तिकै स्टार्ट गर्न सक्नेछ ।

बीवाईडी एट्टो ३ को चार्जिङ स्पिडमा पनि सुधार गरिएको छ । अब यसमा ८८ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ आउटलेट हुनेछ । अघिल्लो भर्सनमा ८० किलोवाटको थियो । ठूलो स्क्रिन र नयाँ कलर अप्सनका कारण बीवाईडी एट्टो ३ लाई ग्राहकले पक्कै रुचाउने विश्वास गरिएको छ ।
नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले उपलब्ध गराइरहेको एट्टो ३ धेरै बिक्री हुने इलेक्ट्रिक कारमा पर्छ । नयाँ भर्सनको एट्टो ३ पनि भविष्यमा नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
नेपाल आउने तयारीमा रहेको नयाँ ईभी ब्राण्ड ओमोडाले सन् २०२३ मा निकै राम्रो...
नेपाली बजारमा निकै लोकप्रिय बनेको ईभी ब्रान्ड दिपललाई पोखरामा हिमयल...
काठमाडौं – नेपाली बजारमा केही दिन यता इलेक्ट्रिक कारहरुको नयाँ मूल्य सूची...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...