चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कार बन्यो २०२३ जापान ईभी अफ द इयर

चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कारले सवारी साधन निर्माता कम्पनीहरु धेरै भएको जापानमा ‘२०२३ जापान ईभी अफ द इयर’ अवार्ड प्राप्त गरेको छ ।

बीवाईडी डल्फिनले सो अवार्ड प्राप्त गरेको हो । यति मात्र होइन, बीवाईडीको अर्को इलेक्ट्रिक कार एट्टो ३ ले तेस्रो स्थान हासिल गरेको छ । सो प्रतिस्पर्धामा हुन्डाई कोनाले दोस्रो स्थान प्राप्त गरेको छ ।

जापानको ईभी बजारमा क्रियाशील मिडिया ईभीस्मार्ट र इनर्जी कन्सल्टेन्ट इनचेन्जले आयोजना गरेको सो प्रतियोगितामा पत्रकार र पाठकहरुले भोटिङ गरेका थिए । यसमा फक्सवागन आई.फोर, टेस्ला मोडल एस, एक्स र ३ तथा फियाट ५००ई र हुन्डाई कोना लगायतका सवारी साधन प्रतिस्पर्धामा सामेल थिए ।

यस अनुसार २४१ प्वाइन्ट पाएर डल्फिन पहिलो बन्यो भने कोनाले १५१ र एट्टो ३ ले १४५ प्वाइन्ट पाएका थिए ।

जापानमा धेरै सवारी साधन उत्पादन हुने भए पनि इलेक्ट्रिकमा भने त्यति धेरै लोकप्रिय छैनन् । फेरि यो वर्ष प्रतिस्पर्धामा सामेल १८ प्रतिस्पर्धी मध्ये ४ मोडल मात्र जापनिज थिए । त्यसमा लेक्सस आरजेड र तीन मोडलका भ्यान थिए ।

जापानमा सन् २०२३ को पहिलो हाफमा बिक्री भएका सवारी साधनमा प्योर ब्याट्री ईभी २ प्रतिशत मात्र रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

सांग्रिला मोटर्सले शुरु ग-यो सिट्रोन ई–सी३ को हस्तान्तरण

सांग्रिला मोटर्सले शुरु ग-यो सिट्रोन ई–सी३ को हस्तान्तरण

काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स...

विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो भएकाे गुनासाे

विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो भएकाे गुनासाे

नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएसँगै ‘चार्जिङ स्टेसन’ कम...

यी हुन् इलेक्ट्रिक गाडीका लागि विश्वका धेरै चार्जिङ स्टेशन भएका १० सहर, लण्डन पहिलो नम्बरमा

यी हुन् इलेक्ट्रिक गाडीका लागि विश्वका धेरै चार्जिङ स्टेशन भएका १० सहर, लण्डन पहिलो नम्बरमा

इलेक्ट्रिक गाडी चलाउनका लागि चार्जिङ स्टेशनको आवश्यकता पर्छ । यही कुरालाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...