आइतबार देखि बाइकर्स क्याफेमा केटीएम टेस्ट राइड, निःशुल्क पेय पदार्थ उपलब्ध हुने
काठमाडौं – केटीएम नेपालले मोटरसाइकल प्रेमीहरुलाई आफ्ना नयाँ मोडलहरु...
गत महिनामा अमेरिकी बजारमा लन्च भए पश्चात केटीएच २०२२ ३९० एड्भेन्चर भारतीय डिलरसिपमा समेत देखिएको छ । यसका आधारमा भारतमा यसको औपचारिक लन्च छिट्टै गरिने अनुमान गरिएको छ ।
एउटा भारतीय अनलाइन पोर्टलले सार्वजनिक गरेको तस्बिर अनुसार यसको कलर चाहिं नयाँ सार्वजनिक गरिएको मोटोजीपी फ्याक्ट्री सेड एट्लान्टिक ब्लु रहेको छ, जुन पहिले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध २०२२ आरसी ३९० र २०२२ ८९० ड्युक आरमा समेत गरिएको थियो ।
२०२२ भर्सनको ३९० एड्भेन्चरको वारेमा धेरैले प्रतीक्षा गरिरहेका थिए र यसमा विभिन्न अपडेटहरु गरिने छ । यसमा रोड र अफरोड गरी दुई राइडिङ मोड हुनेछन् । अफरोड मोडलाई अझै सुधार गरिएको छ र बाइक लड्यो भने फेरि उठाउदा आफै रिसेट हुन्छ । राइडिङ र सरफेस कन्डिसन अनुसार रियर ह्विल स्पिनका लागि यसले ट्रयाक्सन कन्ट्रोलको प्रयोग गर्छ ।
यसमा गरिएका अन्य परिवर्तनहरु समेत देख्न सकिन्छ । यो ब्लु एक्सेन्ट सहित अरेन्ज र अरेन्ज एक्सेन्ट सहित ब्ल्याक गरी दुई नयाँ कलरमा उपलब्ध हुनेछ । पहिले यसको अलोय ह्विलमा १२ स्पोक कन्फिगरेसन भएकोमा अब १० स्पोक हुनेछ । यसबाट रिमका स्टिफनेस र रेजिस्टेन्स बढ्ने केटीएमको भनाइ छ ।
अन्य परिवर्तन भने खासै गरिएको छैन । यसमा पहिलेकै ३७३ सीसी सिंगल सिलिन्डर, लिक्विडकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ४३ बीएचपी पावर र ३७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स छ । यसमा बाई–डाइरेक्सनल क्विक–सिफ्टर स्ट्यान्डर्डको रुपमा रहने छ ।
यसमा डब्ल्युपी एपेक्स सस्पेन्सन, स्विचेबल एबीएस सहितको डिस्क ब्रेक, ब्लुटुथ कनेक्टिभिटी सहितको टीएफटी स्क्रिन, राइड बाई वायर थ्रोटल, यूएसबी चार्जिङ पोर्ट र अन्य विभिन्न फिचरहरु उपलब्ध छन् ।
नेपाली बजारमा गत वर्ष भित्रिएको ३९० एड्भेन्चरको मूल्य १० लाख ८९ हजार ९ सय रुपैयाँ छ । हाल नेपालमा करिब १५० युनिट ३९० एड्भेन्चर बिक्री भइसकेका छन् ।
नेपाली बजारमा पनि नयाँ २०२२ मोडलको ३९० एड्भेन्चर आउने बताइएको छ । यद्यपि यसका लागि कमसेकम तीन महिना जति लाग्न सक्ने केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी स्रोतले बताएको छ ।
काठमाडौं – केटीएम नेपालले मोटरसाइकल प्रेमीहरुलाई आफ्ना नयाँ मोडलहरु...
कावासाकी युएसले हालै ट्विटरमार्फत आफ्नो पहिलो इलेक्ट्रिक बाइकको टिजर...
प्रख्यात टु–ह्विलर निर्माता कम्पनी केटिएममा बजाज अटोले थप लगानी गर्नेे...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...