रोयल इन्फिल्डद्वारा गोवामा सबैभन्दा शक्तिशाली बुलेट ६५० सार्वजनिक
रोयल इन्फिल्डले आफ्नो चर्चित मोटरसाइकल बुलेट ६५० लाई गोवामा चलिरहेको...
भारतमा २०२१ मोडलको रोयल इन्फिल्ड मोटरसाइकल क्लासिक ३५० लन्च भएको छ । यसको मूल्य १ लाख ८४ हजार देखि २ लाख ५१ हजार भारु सम्म तोकिएको छ ।
कम्पनीले केही दिन पहिले सार्वजनिक गरेको मेटियर ३५० जस्तै यसलाई पनि जे प्लेटफर्ममा बनाइएको छ । यो प्लेटफर्ममा बनेको यो दोस्रो मोटरसाइकल हो । यसको अर्थ यसमा पनि मेटियर जस्तै डबल क्रेडल च्यासिस दिइएको छ । यो बाइक रेडिच, हाल्स्योन, सिग्नल्स, डार्क र क्रोम गरी ५ भेरिएन्टमा उपलब्ध छ । त्यसैगरी ११ कलर अप्सनमा यसलाई छान्न सकिन्छ ।
यो मोटरसाइकलमा पहिले जस्तै राउन्ड हेलोजन हेडल्याम्प, टियरड्रप आकारको फ्युल ट्यांक, सर्कुलर टर्न इन्डिकेटर र रियरभ्यु मिरर छ । त्यसैगरी यमसा फराकिलो ह्यान्डलबार, स्पोक ह्विल, बोटल ट्युब एक्जस्ट मफलर र राउन्ड टेलल्याम्प छ ।
पर्फमेन्सका लागि यसमा ३४९ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड डीओएचसी इन्जिन छ, जसले २०.२ बीएचपी पावर र २७ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिन फाइभ स्पिड गियरबक्सयुक्त छ ।
यसको ब्रेकलाई पनि अपडेट गरिएको छ । फ्रन्टमा ३ सय एमएमको डिस्क ब्रेक र रियरमा बाइबर क्यालिपरका साथ २७० एमएमको ब्रेक दिइएको छ । यो मोटरसाइकलको प्रतिस्पर्धा जावा, होन्डा हाइनेस सीबी ३५० र बेनेली इम्पेरियर ४०० जस्ता मोटरसाइकलसँग हुनेछ ।
रोयल इन्फिल्डले आफ्नो चर्चित मोटरसाइकल बुलेट ६५० लाई गोवामा चलिरहेको...
लामो समयदेखि प्रतीक्षित रोयल इन्फिल्डको नेक्स्ट जेनेरेसन मोडल आगामी...
रोयल इन्फिल्डले २०२५ सालसम्म विद्युतीय बाइक लन्च गर्ने भएको छ । कम्पनीका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...