नयाँ वर्षको सुरुवात : मध्य बैशाखमा नेपालमा सार्वजनिक हुँदै २०२१ जिप कम्पास

काठमाडौं – तीन वर्षअघि नाडा अटो शोमा सार्वजनिक भएको जिप कम्पासले आफूलाई नेपालमा सबैभन्दा सफल एसयूभीका रुपमा स्थापित गरेको छ । जिप कम्पास लक्जरी र जहाँ पनि जाने (गो एनिह्वेयर) क्षमताको उत्कृष्ट सम्मिश्रण हो ।

जिप कम्पासमा नेपाल भित्र्याएको तीन वर्षपछि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले अन्ततः कम्पासको अपग्रेडेड भर्सन आउँदो बैशाखको मध्यमा सार्वजनिक गर्ने भएको छ । यसैबीच जिप नेपालले आफ्नो सामाजिक सञ्जालमा लोकप्रिय सेलिब्रिटी तथा पाइलट विजय लामालाई समेटेर टिजर पनि सार्वजनिक गरेको छ ।

कस्तो हुनेछ क्षमता ?

एफसीए इन्डियाले २०२१ कम्पासलाई गत जनवरीको पहिलो साता सार्वजनिक गरेको थियो जसमा दुई वटा पावरट्रेन छन् । नयाँ कम्पास पहिले झैं १.४ लिटरको टर्बो पेट्रोल र २.० लिटरको डिजेल इन्जिनमा उपलब्ध हुनेछ । डिजेल इन्जिनले १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ ।

त्यसैगरी, १.४ लिटरको टर्बो पेट्रोलले १६३ पीएस पावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ । नयाँ कम्पास डीडीसीटी पेट्रोलसहितको ६ स्पिड म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ । अझै रोमाञ्चक कुरा डिजेल भेरिएन्टमा ४ बाई ४ ड्राइभ ट्रेन पनि हुनेछ ।

के छ नयाँ ?

नयाँ कम्पासमा रिडिजाइन गरिएको फ्रन्ट एलईडी हेडलाइट रहेको छ । जिपको पारम्परिक ग्रिललाई नयाँ बनाइएको छ भने बम्पर पनि नयाँ राखिएको छ । नयाँ अलोय ह्विलले ग्राहकको मन तान्नुका साथै फगलाइटमा पनि धेरै परिवर्तन गरिएको छ ।

नयाँ कम्पासको इन्टेरियरमा व्यापक सुधार गरिएको छ । इन्टेरियरको सबैभन्दा ठूलो आकर्षण १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम हुनेछ । त्यसैगरी, ड्यासमा रहेको एसी भेन्ट र अन्य कन्ट्रोललाई रिडिजाइन गरिएको छ । यसका साथै यसमा १०.२ इन्चको आकर्षक ड्राइभर इन्फोर्मेसन सिस्टम राखिएको छ ।

नयाँ कम्पासको सबैभन्दा माथिको भेरिएन्टमा भेन्टिलेटेड सिट, वायरलेर चार्जिङ, ३६० डिग्री क्यामेरा, इलेक्ट्रिकल टेलगेट र ८ वे इलेक्ट्रिकल ड्राइभर सिट जस्ता फिचर हुनेछन् । नयाँ कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस गरी चार भेरिएन्टमा उपलब्ध हुनेछ ।

कति हुनेछ मूल्य ?

केही समयअघि नाडाले प्रकाशन गरेको मूल्यमा नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार तोकिएको छ । यो मूल्यका आधारमा नयाँ कम्पासको प्रतिस्पर्धा हुन्डाई टुसान, स्कोडा क्यारोक, किया स्पोर्टेजसँग हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...