नयाँ अवतारमा सार्वजनिक भयो हुन्डाई कोना इलेक्ट्रिक, पहिलाको भन्दा बढी फिचर

२०२१ हुन्डाई कोना इलेक्ट्रिक सार्वजनिक भएको छ । कम्पनीले माइल्ड अपडेट्सको साथमा सो कार फेसलिफ्ट मोडलमा लन्च गरेको छ । सो कारमा रिडिजाइन्ड ग्रिल लेस फ्रन्टको प्रयोग गरिएको छ । फेसलिफ्ट मोडलमा बढी स्लिक हेडल्याम्प र नयाँ डिजाइनको साथमा डीआरएलएसको प्रयोग गरिएको छ ।

पुरानो मोडल भन्दा नयाँ मोडल ४० एमएम लामो रहेको छ । यसको साथै सो कार १६ फरक फरक रङमा उपलब्ध रहेको छ । उक्त १६ रङमा ८ रङ नयाँ रहेको छ ।

सो कारको क्याबिनमा पनि परिवर्तन गरिएको छ । क्याबिनमा १०.२५ इन्च डिस्प्ले समावेश गरिएको छ । सो कारमा हुन्डाई ब्लु लिंक टेक्नोलोजीको प्रयोग हाई इन्ड भेरिएन्टमा गरिएको छ । कारमा ८ इन्च टचस्क्रिन स्ट्यान्डर्ड गरिएको छ ।

हुन्डाईको सो नयाँ कोना इलेक्ट्रिक कारमा ३९.२ केडब्ल्युएच र ६४ केडब्ल्युएच व्याट्रीको विकल्प रहेको छ । जसले क्रमशः १३६ एचपी र २०४ एचपीको पावर जेनेरेट गर्छ । सो कारको सानो व्याट्रीको साथमा ३०५ किलोमिटर र ठूलो व्याट्रीको साथमा ४८० किलोमिटरको रेन्ज दिने क्षमता रहेको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...