२०० किमी रेन्ज, १०० किमी टप स्पिड, स्टाइलमा पल्सर र अपाचेलाई समेत टक्कर

यसै वर्ष मार्चमा लन्च गरेको ओबेन इलेक्ट्रिकको इलेक्ट्रिक बाइक ओबेन रोरको डेलिभरी सुरु भएको छ । कम्पनीले बैंगलोरमा २५ जना ग्राहकलाई मात्र यसको डेलिभरी सुरु गरेको हो । ओबेन रोर इलेक्ट्रिक बाइक हालसम्म २१ हजार युनिट बुकिङ प्राप्त भइसकेको छ ।

रिपोर्टका अनुसार कम्पनीले आफ्नो इलेक्ट्रिक बाइकमा पहिलो ३ वर्षसम्म निःशुल्क सर्भिसिङ दिएको छ । साथै बाइकमा ५० हजार किलोमिटर÷३ वर्षको स्ट्याण्डर्ड वारेन्टीसँगै ७५ हजार किलोमिटर÷५ वर्षको एक्सटेन्डेड वारेन्टी पनि दिइएको छ । सो बाइकको इलेक्ट्रिक मोटरमा ३ वर्षको वारेन्टी छ । सो बाइक चार्ज गर्न १२ हजार भन्दा बढी स्टेशनमा यसको सुविधा उपलब्ध छ ।

ओबेन रोरको डिजाइन र स्टाइलिङमा स्पोर्टी देखिने पल्सर र अपाचेलाई पनि टक्कर दिन सक्ने क्षमता रहेको छ । ओबेन रोरलाई नेकेड रोडस्टर डिजाइन दिइएको छ । यो इलेक्ट्रिक बाइक केही आधुनिक सुविधाले सुसज्जित छ ।

ओबेन रोरलाई स्मार्टफोनमा कनेक्ट गर्न सकिन्छ । यसमा ड्राइभर अलर्ट सिस्टम र जियोफेन्सिङ जस्ता सिस्टम उपलब्ध छ । यदि यो बाइक चोर्ने प्रयास गरिएमा बाइकको सिस्टमले आपतकालीन अलर्ट पठाउनेछ । स्मार्टफोनबाट कुनै पनि समयमा यो बाइकको एक्सेस बन्द गर्न सकिन्छ, जसले बाइकलाई पूर्ण रूपमा लक गर्नेछ ।

सो बाइकमा डिजिटल डिस्प्लेसहितको फुल एलईडी लाइटिङ उपलब्ध छ । कम्पनीले बाइकको ट्याङ्की कम्पार्टमेन्टमा आईपी६७ डस्ट र वाटर प्रोटेक्शनसहितको ब्याट्री जडान गरेको छ ।

सो बाइकले फुल चार्जमा २०० किलोमिटरको रेन्ज दिन्छ र मात्र ३ सेकेन्डमा ० देखि ४० किमी प्रतिघण्टाको गति लिन सक्छ । यसको टप स्पिड १०० किमी प्रतिघण्टा छ । बाइकको ब्याट्री ८० प्रतिशत चार्ज हुन २ घण्टा मात्रै लाग्छ, जबकि १ मिनेट चार्ज गर्दा १ किलोमिटरसम्म चलाउन सकिन्छ ।

ओबेन रोर इलेक्ट्रिक बाइकको एउटा मात्र भेरिएन्ट उपलब्ध छ । कम्पनीले यो बाइक १ लाख ४९ हजार भारु मूल्यमा उपलब्ध गराएको छ । कम्पनीको आधिकारिक वेबसाइटमा यो ई–बाइक बुक गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

इतिहासमा आज : जब एउटा गाडी ऊर्जा मन्त्रालयको प्राङ्गणमा प्रवेश ग-यो

इतिहासमा आज : जब एउटा गाडी ऊर्जा मन्त्रालयको प्राङ्गणमा प्रवेश ग-यो

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककी प्रबन्ध निर्देशक...

यी स्थानमा बन्दै छ विद्युत प्राधिकरणको चार्जिङ स्टेशन : निर्माण कार्यमा तीव्रता

यी स्थानमा बन्दै छ विद्युत प्राधिकरणको चार्जिङ स्टेशन : निर्माण कार्यमा तीव्रता

काठमाडौं – नेपाल विद्युत प्रधिकरणले विद्युतीय सवारी चार्ज गर्न चार्जिङ...

थपियो अर्को मल्टी ब्रान्ड स्कुटर शोरुम, बिक्रीका साथै परामर्श र सर्भिसिङ पनि गरिने

थपियो अर्को मल्टी ब्रान्ड स्कुटर शोरुम, बिक्रीका साथै परामर्श र सर्भिसिङ पनि गरिने

काठमाडौं – पछिल्लो समयमा विशेष गरी इलेक्ट्रिक स्कुटरका मल्टी ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...