सार्वजनिक भएको १ महिना नपुग्दै १५ युनिट बिक्री भयो जिप -यांगलर, मूल्य २ करोड ७९ लाखसम्म

अमेरिकन आइकनिक ब्रान्ड जिप -यांगलर नेपाली बजारमा सार्वजनिक भएको १ महिना नपुग्दै १५ युनिट बिक्री भएको छ । -यांगलरलाई अघिल्लो महिना अर्थात असोज २१ गते अमेरिकी राजदुत -यान्डी बेरीले औपचारिक रुपमा सार्वजनिक गरेका थिए । सार्वजनिक भए लगत्तै यो प्रिमियम एसयूभीलाई नेपालमा ठूला उद्योगपति, व्यवसायी र उच्च घरनाका व्यक्तिले प्राथमिकताका साथ खरिद गर्न थालेको कम्पनी स्रोतले बताएको छ ।

तीन भिन्न भेरिएन्टमा उपलब्ध यो एसयूभीको मूल्य नेपाली बजारमा २ करोड ७९ लाखसम्म कायम गरिएको छ । जसमध्ये अनलिमिटेड सहाराको मूल्य २ करोड ६७ लाख, -यांगलर रुबिकनको २ करोड ६८ लाख र -यांगलर अनलिमिटेड रुबिकनको मूल्य २ करोड ७९ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तो छ अमेरिकाबाट सिधै आयात गरि ल्याइएको जिप -यांगलर
अफरोडर सेग्मेन्टमा सर्बाधिक शक्तिशाली मानिएको जिप -यांगलरमा ८–स्पिड अटोमेटिक सहित २.० लिटर टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले २०१ किलोवाट पावर र ४०० एनएम टर्क उत्पन्न गर्छ । -यांग्लरको रुबिकन ट्रिममा रकट्रयाक ४ बाई ४ सिस्टम रहेको छ, जसका कारण -यांगलरलाई कठिन भूबनोटमा समेत सहजै कुदाउन सकिन्छ । २१७ एमएमको उच्चतम ग्राउन्ड क्लियरेन्सका कारण पनि यो नेपाली बोटो सुहाउँदो रहेको प्रमाणित हुन्छ ।

त्यसैगरी -यांग्लरमा एक्टिभ र प्यासिभ गरी कुल ७५ प्रकारका सेफ्टी फिचर छन् । त्यसमध्ये केही पार्क असिस्ट सिस्टम, रियर ब्याक अप क्यामेरा, इएससी, टीएससी (ट्रेलर स्वे कन्ट्रोल), एचएसए (हिल स्टार्ट असिस्ट), एचडीसी (हिल डिसेन्ट कन्ट्रोल), ईआरएम (इलेक्ट्रोनिक रोल मिटिगेसन) र टीपीएमएस (टायर प्रेसर मनिटरिङ सिस्टम) हुन् ।

-यांगलरमा ७ स्लट फ्रन्ट ग्रिल, ह्विल आर्च, हेडल्याम्प, स्क्वायर टेललाइट, फोर फ्रेम रिमुभेबल डोर र रुफ तथा फल डाउन विन्डस्क्रिन उपलब्ध छ । यी सबैले जिप -यांगलरलाई आइकनिक बनाएको छ भने यसमा भएको फोर बाई फोर क्षमताले जिपलाई ‘अ लिजेन्ड फरएभर’ साबित गराएको छ । -यांगलर सिधै अमेरिकाबाट आयात गरी नेपाल ल्याइएको हो ।

सम्बन्धित समाचारहरू

४ दिनपछि कुसाकको नयाँ भेरियन्ट लन्च हुने, ब्ल्याक आउट लुक र एड्भान्स फिचर प्रमुख आकर्षण

४ दिनपछि कुसाकको नयाँ भेरियन्ट लन्च हुने, ब्ल्याक आउट लुक र एड्भान्स फिचर प्रमुख आकर्षण

स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकको मोन्टे कार्लो भेरिएन्ट यसै...

३ दिनपछि लन्च हुँदै नयाँ कुशाक, यस्तो छ पावरट्रेन र फिचर

३ दिनपछि लन्च हुँदै नयाँ कुशाक, यस्तो छ पावरट्रेन र फिचर

स्कोडाको वहुप्रतिक्षित एसयुभी कुशाक फेसलिफ्ट अवको ३ दिनपछि अर्थात मार्च...

सितापाइलामा खुल्यो स्कोडाको अत्याधुनिक र सुबिधासम्पन्न सर्भिस सेन्टर

सितापाइलामा खुल्यो स्कोडाको अत्याधुनिक र सुबिधासम्पन्न सर्भिस सेन्टर

स्कोडा गाडीको नेपालका लागी आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...