इतिहास : हातले चलाउने गियरबक्स भएको सन् १९२० मोडलको इण्डियन मोटरसाइकल

राणा प्रधानमन्त्री जङ्गबहादुरको मृत्यु पछि प्रधानमन्त्री बनेका रणोद्वीप सिंह कुँवरको हत्या गरि धिरशम्शेरका सत्र भाइ छोरामा रोलक्रम गराउन वीरशम्शेरले ४२ साल पर्व घटाए । यो घटनामा केवल रणोद्वीप मात्र मारिएनन् । जङ्गका सन्तान पनि खोजी खोजी मारिए । केही सकेकाहरु भागे । कोही ब्रिटिस रेजिडेन्सीमा शरण लिएर बाँचेका थिए ।

जङ्गका तेह्र छोरामा कति मारिए कति भागे । यस्तैमा कान्छो हर्षजङ्ग भागेर दार्जिलिङ पुगे । दार्जिलिङबाट इलाहाबादमा गएर बसे । केवल २१ वर्षको उमेरमा भागेर त्यहाँ पुगेका उनले चम्बाका सरदार बालक सिंहको छोरीसँग बिबाह गरेर उतै घरजम गरेर बसे । दुइ छोरा र एक छोरीका साथ खुशियालीसँग उतै रहे । छोरा दुर्गाप्रताप जङ्ग राणा पटियालाको सेनामा क्याप्टेन तथा अफिसर सम्म बने ।

जङ्गका सन्तानलाई नेपालमा आउन छुट दिए पछि दुर्गाप्रताप नेपालमा आए । नेपालमा आएर पोखरामा बिर्ता पाइ बसे । अहिलेको चिप्लेढुङ्गा सडक देखी उत्तर गैह्रापाटन सडक देखी दक्षिण रामकृष्ण टोलको सडक देखी पूर्व र साँघुमुख देखी पश्चिमको जग्गा बिर्तामा लिए । यसै बिर्तामा पछि आएका जङ्गबहादुरका भाइ जगतशम्शेरका नाति तथा भुपेन्द्रजङ्गका छोरा खड्गजङ्ग पनि आएर बसे ।

दुर्गाप्रतापका दुइ छोराहरुको घर अझै पनि चिप्लेढुङ्गामा नै रहेको छ । उनका सन्ततीहरु काठमाडौ र पोखरामा बसोबास गर्दछन् । दुर्गा प्रतापको बिहान साँझ ज्यूहजुर गर्नेहरुले पनि मनग्गे जग्गा पाए । तिनका सन्ततीको पनि घरहरु यहि चिप्लेढुङ्गा सडकमा रहेको छ । कति जग्गा बिस्तारै बेच्न पनि थाले । यहि किन्नेहरुमा एक नेपालको ताजमहल अर्थात रानीमहलको निर्माता खड्ग शम्शेरको नाति पनि संयोगले पोखरा निवासी हुन पुगेका छन् । खड्गशम्शेरको नाति पूर्व एसपी चिरञ्जिवी शम्शेर जबराको जमिनमा हाल महेन्द्रपुलको सेलवेज तथा अन्य पसलहरु रहेका छन् ।

यहाँ तस्विरमा देखिएको दुर्गा प्रताप राणा हुन् । भर्खरको युवा अवस्थामा मोटरसाइकलमा सवार छन् । यो मोटरसाइकल विश्वमै दुर्लभ मोटरसाइकलमा पर्दछ । अमेरिकी मोटरसाइकल कम्पनी इण्डियनको सन १९२० को मोडल हो । सय वर्ष पुरानो यस मोटरसाइकलमा हातले चलाउने गियरबक्स पहिलो पटक राखिएको थियो । हातले तानेर गियर बदल्नु पर्ने हुन्थ्यो । तस्विरमा दाँया हातको ह्याण्डल नजिकै देखिएको लामो रड यहि गियरको हो ।

दुर्लभ तस्विरको लागि मोहनजङ्ग राणा भाइलाई धेरै धेरै धन्यवाद ।

(सुनिल उलकको पेजबाट साभार)

सम्बन्धित समाचारहरू

यस्ता छन् हन्टर ३५० का ५ विशेषता

यस्ता छन् हन्टर ३५० का ५ विशेषता

रोयल इन्फिल्डले लगभग २ लाख ३९ हजार मूल्यमा हन्टर ३५० लन्च गरेको छ । यसको...

रोयल इन्फिल्डको रिसेस राइड सम्पन्न, ५६ जना राइडर वन्दिपुर पुगेर फर्किए

रोयल इन्फिल्डको रिसेस राइड सम्पन्न, ५६ जना राइडर वन्दिपुर पुगेर फर्किए

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा...

पहिले र अहिलेको रोयल इन्फिल्ड क्लासिक ३५० मा यस्तो छ परिवर्तन

पहिले र अहिलेको रोयल इन्फिल्ड क्लासिक ३५० मा यस्तो छ परिवर्तन

रोयल इन्फिल्डको २०२१ क्लासिक ३५० बुलेट लन्च गरिएको छ । यसको सुरुवाती एक्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...