फागुनमा भित्रिए १८९ युनिट विद्युतीय सवारी साधन, १५.५३ करोड भन्सार शुल्क संकलन

काठमाडौं – चालु आर्थिक वर्षको फागुन महिनामा नेपालमा १८९ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्। त्यो आयातबाट सरकारले १५ करोड ५३ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ भने यसका लागि ५३ करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आथिक वर्षको आठ महिनामा ६ अर्ब १६ करोड बराबरको २१९८ युनिट विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

यो संख्या अघिल्लो वर्षभरी कुल आयात भन्दा धेरै हो। अघिल्लो वर्ष १८ सय ७ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए।

तथ्यांक अनुसार अहिलेसम्म ६ अर्ब १६ करोड ८२ लाख रुपैयाँको विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका छन्। यसबाट सरकारले १ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ राजश्व संकलन गरेको विभागले जनाएको छ।

यो अवधिमा सबैभन्दा धेरै भारतबाट १५७१ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएको छ। नेपालमा भारतबाट टाटा नेक्सन र टिगोर ईभी धेरै भित्रिएका हुन् ।

चीनबाट ३६८ युनिट विद्यूतीय कार, जिप र भ्यान भित्रिएका छन् । चीनबाट बीवाईडी, एमजी र नेटा भी लगायतका सवारी साधन भित्रिएका हुन् ।

कोरियाबाट २५२ युनिट भित्रिएका छन् । हुन्डाई आयोनिक ५ र कोना ईभी आदि कोरियाबाट भित्रिन्छन् ।

त्यसैगरी अमेरिकाबाट ४ युनिट र इन्डोनेसियाबाट ३ युनिट भित्रिएका छन् ।

क्षमताको आधारमा सबैभन्दा बढी १०० किलोवाट सम्मका विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका छन् । यो अवधिमा १०० किलोवाट सम्म क्षमताका २ हजार १३९ युनिट विद्युतीय सवारी साधन भित्रिएका छन् ।

त्यसैगरी १०० देखि २०० किलोवाटका ५२ युनिट र २०० देखि ३०० किलोवाटका ७ युनिट विद्युतीय सवारी भित्रिएका छन् ।

सम्बन्धित समाचारहरू

एमजी ईभी किन्ने ग्राहकलाई एनआईएमबीले ८० प्रतिशत फाइनान्स सुविधा दिने

एमजी ईभी किन्ने ग्राहकलाई एनआईएमबीले ८० प्रतिशत फाइनान्स सुविधा दिने

काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

२५० किलोमिटर रेन्ज दिने प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने

२५० किलोमिटर रेन्ज दिने प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने

नेपाली बजारमा एकपछि अर्को नयाँनयाँ ब्रान्डका इभी आयत हुने क्रम तिव्र...

इलेक्ट्रिक स्कुटरमा २५ हजार छुट सहित डबल हेल्मेटको अनौठो अफर

इलेक्ट्रिक स्कुटरमा २५ हजार छुट सहित डबल हेल्मेटको अनौठो अफर

काठमाडौं – नेपाली नयाँ वर्ष २०८० लाई लक्ष्यित गर्दै जम्बो इको भेइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...