चीनमा सर्बाधिक बिक्री रेकर्ड कायम गरेको बीवाईडी डल्फिन इलेक्ट्रिक ह्याचब्याक नेपाल भित्रिदै
चीनमा सन् २०२२ मा एकै पटक ९१६ प्रतिशतले बिक्री बढेर २ लाख ५ हजार युनिट...
काठमाडौं – चालु आर्थिक वर्षको फागुन महिनामा नेपालमा १८९ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्। त्यो आयातबाट सरकारले १५ करोड ५३ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ भने यसका लागि ५३ करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आथिक वर्षको आठ महिनामा ६ अर्ब १६ करोड बराबरको २१९८ युनिट विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।
यो संख्या अघिल्लो वर्षभरी कुल आयात भन्दा धेरै हो। अघिल्लो वर्ष १८ सय ७ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए।
तथ्यांक अनुसार अहिलेसम्म ६ अर्ब १६ करोड ८२ लाख रुपैयाँको विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका छन्। यसबाट सरकारले १ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ राजश्व संकलन गरेको विभागले जनाएको छ।
यो अवधिमा सबैभन्दा धेरै भारतबाट १५७१ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएको छ। नेपालमा भारतबाट टाटा नेक्सन र टिगोर ईभी धेरै भित्रिएका हुन् ।
चीनबाट ३६८ युनिट विद्यूतीय कार, जिप र भ्यान भित्रिएका छन् । चीनबाट बीवाईडी, एमजी र नेटा भी लगायतका सवारी साधन भित्रिएका हुन् ।
कोरियाबाट २५२ युनिट भित्रिएका छन् । हुन्डाई आयोनिक ५ र कोना ईभी आदि कोरियाबाट भित्रिन्छन् ।
त्यसैगरी अमेरिकाबाट ४ युनिट र इन्डोनेसियाबाट ३ युनिट भित्रिएका छन् ।
क्षमताको आधारमा सबैभन्दा बढी १०० किलोवाट सम्मका विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका छन् । यो अवधिमा १०० किलोवाट सम्म क्षमताका २ हजार १३९ युनिट विद्युतीय सवारी साधन भित्रिएका छन् ।
त्यसैगरी १०० देखि २०० किलोवाटका ५२ युनिट र २०० देखि ३०० किलोवाटका ७ युनिट विद्युतीय सवारी भित्रिएका छन् ।
चीनमा सन् २०२२ मा एकै पटक ९१६ प्रतिशतले बिक्री बढेर २ लाख ५ हजार युनिट...
काठमाडौं –डज कम्पनी विश्वभर पावरफुल र आइकनिक कार निर्माण गर्ने चर्चित...
काठमाडौं–लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...