भन्सार तिर्न नसकिएकाले चीनबाट ल्याइएका १८ विद्युतीय बस भारतमा बेच्ने तयारी

भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी गरिएको छ । सुन्दर यातायात प्रालिले ल्याउन लागेका बस भन्सार तिर्न नसकिएको भन्दै भारतमा बेच्न लागिएको हो ।

आजको गोरखापत्रमा प्रकाशित समाचार अनुसार सरकारले कर छुट भने पनि भन्सारमा यातायात दस्तुरलगायतका विभिन्न शीर्षकमा कर थप भएपछि तिर्न नसकेर १८ वटा बस भारतको कर्सिस ग्रुपलाई बेच्ने सहमति भइसकेको यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । उनले भने, “विद्युतीय सार्वजनिक बसलाई सरकारले कर छुटको घोषणा गरेर प्रोत्साहन ग-यो तर व्यवहारमा लागू भएन । हामीले एक करोड ५० लाख रुपियाँमा किनेको बसका लागि एउटा बसको नै ४० लाख रुपियाँ कर तिर्नुपर्ने भयो । यो हामीले तिर्न सक्ने कुरै भएन । ४० लाखमा त इन्धनबाट चल्ने नयाँ बस आउँछ ।” कर छुटबारे सम्बन्धित निकायको ध्यानाकर्षण गरे पनि वास्ता नगरिएको प्रालिको गुनासो छ । करिब २० दिनदेखि सुन्दरका विद्युतीय बस वीरगञ्ज भन्सार कार्यालय नजिकै भारततर्फ रोकिएका छन् ।

अध्यक्ष थापाले भने–“सरकारले बेवास्ता ग-यो, हामीले ल्याउन सकेनौँ । विद्युतीय बस निजी स्तरबाट ल्याउन सक्ने अवस्था छैन अब सरकारले ल्याए मात्र हो ।” सरकारले एक प्रतिशत कर तोके पनि १३ प्रतिशत भ्याट, यातायात दस्तुर पाँच प्रतिशत, सवारी दर्ता, वातावरण प्रदूषणसहितका सबै शुल्क जोड्दा करिब २५ प्रतिशतसम्म कर तिर्नुपर्ने भएपछि प्रालिले बस ल्याउन नसकेको दाबी गरेको छ ।

सम्बन्धित समाचारहरू

एउटै प्लेटफर्ममा सबै सवारी विकास गर्न सकिने ‘जीडब्ल्यूएम वान प्लेटफर्म’ लन्च

एउटै प्लेटफर्ममा सबै सवारी विकास गर्न सकिने ‘जीडब्ल्यूएम वान प्लेटफर्म’ लन्च

चीनको अटोमोबाइल निर्माता कम्पनी ग्रेट वाल मोटर्सले विश्वकै पहिलो...

स्पेनमा विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाउँदा ७ हजार युरोसम्म पाइने

स्पेनमा विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाउँदा ७ हजार युरोसम्म पाइने

स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने ‘मुभ–३’ योजना सन्...

पोखरामा केई र फोर्थिङ ईभीको बिक्री सुरु, नयाँ सोरुम उद्घाटन

पोखरामा केई र फोर्थिङ ईभीको बिक्री सुरु, नयाँ सोरुम उद्घाटन

काठमाडौं– केई र फोर्थिङ ईभीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...