जेठमा भित्रिए १५३ इलेक्ट्रिक कार, ११ महिनामा भित्रिए १७०४

काठमाडौं – गत जेठ महिनामा नेपाली बजारमा १५३ युनिट इलेक्ट्रिक कार भित्रिएका छन् । यो भन्दा पहिले गत बैशाख महिनामा ७८ इलेक्ट्रिक कार भित्रिएका थिए । गत साउन देखि जेठ सम्म ११ महिनाको अवधिमा १७०४ युनिट इलेक्ट्रिक कार, जिप र भ्यान भित्रिएका छन् ।

भन्सार विभागको तथ्यांक अनुसार जेठ महिना सम्म भित्रिएका इलेक्ट्रिका कार वापत १ अर्ब ३७ करोड राजस्व उठेको छ । इलेक्ट्रिक कारका लागि ५ अर्ब ५ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ ।

नेपाली बजारमा ११ महिनाको अवधिमा १०० किलोवाट सम्मका ८९५ इलेक्ट्रिक कार, जिप र भ्यान भित्रिएका छन् । त्यसैगरी १०० देखि १५० किलोवाट सम्मका १३, १०० देखि २०० किलोवाट सम्मका ७९०, २०० देखि ३०० किलोवाट सम्मका ४ र ३०० किलोवाट भन्दा बढी क्षमताका ४ इलेक्ट्रिक कार, जिप र भ्यान भित्रिएका छन् । नेपाली बजारमा भारत, चीन, कोरिया, अमेरिका, जापान, फ्रान्सलगायत मुलुकबाट विद्युतीय कार आयात हुँदै आएको छ। 

विद्युतीय सवारी साधनमा सरकारको अस्थिर नीतिका कारण व्यवसायीहरुमा अन्यौलता छाएको छ । आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेटमा १०० किलोवाट भन्दा बढी क्षमताका इलेक्ट्रिक सवारी साधनमा बढाइएको करका कारण धेरै व्यवसायी अन्यौलतामा छन् ।

सम्बन्धित समाचारहरू

बीवाईडी गाडीको बिक्रेता साइमेक्स इंकद्वारा ११ महिनामा झण्डै १० अर्बको कारोबार

बीवाईडी गाडीको बिक्रेता साइमेक्स इंकद्वारा ११ महिनामा झण्डै १० अर्बको कारोबार

काठमाडौं – बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककाे...

१ हजार किलोमिटरसम्म रेन्ज दिने नयाँ प्रविधिको सस्तो  ब्याट्री सार्वजनिक

१ हजार किलोमिटरसम्म रेन्ज दिने नयाँ प्रविधिको सस्तो ब्याट्री सार्वजनिक

चीनको अग्रणी ब्याट्री सप्लायर गोसन हाई टेकले १ हजार किलोमिटर रेन्ज दिने...

फागुनमा भित्रिए १८९ युनिट विद्युतीय सवारी साधन, १५.५३ करोड भन्सार शुल्क संकलन

फागुनमा भित्रिए १८९ युनिट विद्युतीय सवारी साधन, १५.५३ करोड भन्सार शुल्क संकलन

काठमाडौं – चालु आर्थिक वर्षको फागुन महिनामा नेपालमा १८९ युनिट विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...