ट्राफिक प्रहरी बन्यो झनै कडा : अब २४ घण्टे पुर्जीमा १५ सय जरिवाना

काठमाडौं – ट्राफिक प्रहरीले नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना बढाएको छ । यो भन्दा पहिले २४ घण्टे पुर्जी वापत ५ सय रुपैयाँ जरिवाना लिने गरेकोमा गत पुस ३ गते देखि नै लागू हुने गरी सो जरिवाना १ हजार ५ सय रुपैयाँ लिने व्यवस्था ट्राफिक प्रहरीले गरेको छ ।

ट्राफिक प्रहरीले एक पत्रमार्फत सो जरिवाना लिन बैंक र मातहतका कार्यालयहरुलाई सो निर्देशन दिएको छ । यस अनुसार कार्यालयले ट्राफिक नियम पालनामा कडाइ गर्न जरिवाना बढाएको जनाएको छ। यो अन्तर्गत १६ नियमहरु छन्। उक्त १६ वटा ट्राफिक नियम उल्लंघन गरेमा अबदेखि १५०० रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ।

कार्यालयका अनुसार लेन मिच्ने, एकतर्फी जाने, रेड लाइटमा चलाउने, नो टर्नमा सवारी मोड्ने, ट्राफिक संकेत वा इसारा उल्लघंन गरी सवारी चलाउने, नम्वर प्लेट नराखी सवारी चलाउने, पेटी नवाँधी वा हेल्मेट नलगाई सवारी चलाउने, अवस्था ठिक नभएको सवारी चलाउने लगायतका कसुर छन्।

सम्बन्धित समाचारहरू

सार्वजनिक सवारीमा बढी यात्रु राख्न नपाइने, मास्क नलगाउनेलाई १० रुपैयाँमा मास्क दिइने

सार्वजनिक सवारीमा बढी यात्रु राख्न नपाइने, मास्क नलगाउनेलाई १० रुपैयाँमा मास्क दिइने

काठमाडौं – सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न...

महानगरपालिकाले ल्याउने भयो २० तलासम्म लागेको आगो निभाउने दमकल

महानगरपालिकाले ल्याउने भयो २० तलासम्म लागेको आगो निभाउने दमकल

काठमाडौँ महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि...

गुगल म्याप्समा अब काठमाडौंको लाइभ ट्राफिक हेर्न सकिने

गुगल म्याप्समा अब काठमाडौंको लाइभ ट्राफिक हेर्न सकिने

काठमाडौं – गुगल म्याप्समा अब काठमाडौंको लाइभ ट्राफिक फिचर समेत उपलब्ध हुन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...