नेपाली सडकमा १५०० बढी रेनो क्विड, नयाँ क्विड किन्ने ग्राहकले पाउनेछन् यस्तो सुविधा

काठमाडौं – इन्ट्री लेभल ह्याचब्याकमा लोकिप्रय रेनो क्विड नेपालमा १ हजार ५ सय भन्दा बढी युनिट बिक्री भएको छ । रेनो गाडीको आधिकारिक बितरक एड्भान्स्ड अटोमोबाइल्सले क्विड उक्त संख्यामा बिक्री भएको बताएको हो । क्विडले हासिल गरेको उक्त किर्तीमानी बिक्रीको अवसर पारेर कम्पनीले नयाँ क्विड खरिद गर्ने ग्राहकलाई विभिन्न छुट तथा सुविधा थप गरेको छ ।

एसयूभी प्रेरित लुक्सको क्विड खरिद गर्ने ग्राहकलाई एक बर्षसम्मको फ्युल खर्च र नगद छुट प्रदान गर्ने कम्पनीले जनाएको छ । त्यसैगरीे १ वर्षको इन्स्योरेन्स र भेइकल रजिष्ट्रेशन शुल्क समेत कम्पनी आफैले भुक्तानी गरिदिनेछ । यसको अतिरिक्त २ बर्षसम्म निःशुल्क सर्भिसिङ सेवा समेत प्रदान गर्ने कम्पनी स्रोतले बताएको छ । क्विडमा ५ बर्षसम्मको वारेन्टी समेत प्रदान गरिनेछ ।

नेपाली बजारमा ८ सय र १ हजार सीसी क्षमतामा क्विड ह्याचब्याक उपलब्ध रहँदै आएकोमा हाल १ हजार सीसीको मात्र कारोबार भइरहेको छ । १ हजार सीसी क्षमतामा यो म्यानुअल, अटोमेटिक र क्लाइम्वर गरी तीन भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य म्यानुअलको २५ लाख ४९ हजार, अटोमेटिकको २६ लाख ९९ हजार र क्लाइम्वरको २६ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

रेनो क्विड नेपाली बजारमा २०७३ सालमा पहिलो पटक भित्रिएको थियो ।

सम्बन्धित समाचारहरू

रेनोले नयाँ मिडसाइज एसयूभी अरकाना हाइब्रिड टेक्नोलोजीमा लन्च गर्ने

रेनोले नयाँ मिडसाइज एसयूभी अरकाना हाइब्रिड टेक्नोलोजीमा लन्च गर्ने

हालै रेनो अरकाना एसयूभी परीक्षणको क्रममा देखिएको छ । सो एसयूभीले रेनो...

१ हजार सीसी क्षमताका ३ ह्याचब्याक : सबैभन्दा सस्तो ड्याटसन रेडी गो र महंगोमा रेनो क्विड

१ हजार सीसी क्षमताका ३ ह्याचब्याक : सबैभन्दा सस्तो ड्याटसन रेडी गो र महंगोमा रेनो क्विड

सानो साइज र सस्तो मूल्यका कारण नेपालमा ह्याचब्याक कारको क्रेजमा खासै कमी...

रेनोको राइड विथ काइगर सम्पन्न, काइगर एसयूभी पुगे धुलिखेल

रेनोको राइड विथ काइगर सम्पन्न, काइगर एसयूभी पुगे धुलिखेल

काठमाडौं – रेनोको हालै नेपाली बजारमा भित्रिएको गाडी काइगर एसयूभीको -याली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...