टाटाका गाडीको नयाँ रेन्ज सार्वजनिक
टाटा मोटर्ससँग हाल इलेक्ट्रिक कारको सबैभन्दा ठुलो पोर्टफोलियो छ, कम्पनीले...
टाटा मोटर्सले ग्राहकको मन जित्दै एकपछि अर्को रेकर्ड कायम गरिरहेको छ, जो आधुनिक प्रविधियुक्त सवारी पारखीका लागि खुसीको कुरा हो । टाटा मोटर्सले अक्टोबर २०२१ मा ३३ हजार ९२६ युनिटको सञ्चयी घरेलु ट्यालीमा नयाँ उपलब्धि हासिल गर्यो । गत वर्ष यही अवधिमा २३ हजार ६०० युनिटको तुलनामा Year on Year (YoY) ४४ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो महिना अर्थात् सेप्टेम्बर २०२१ को तुलनामा २५ हजार ७२७ युनिटसहित ब्रान्डले भारतमा ३२ प्रतिशत वृद्धि सह्यो ।
ब्रान्डका लागि प्राय: कम्पनीहरूले आफ्नो मिहिनेत खर्च गरेको हुन्छ नै । तर, सबै मिहिनेत सफल हुँदैनन् । गतिलो उद्देश्य लिएर निरन्तर मिहिनेत जारी राखेमा सफलता हात लाग्छ भन्ने पछिल्लो उदाहरण हो, यो । एक दशकभन्दा बढी समय ब्रान्डका लागि काम गरिरहँदा २०२० को यही अवधिमा सबैभन्दा धेरै ७.४ प्रतिशत हासिल गरेको थियो । त्यसमा पनि अहिले ६.४ प्रतिशतको वृद्धि थपेर घरेलु निर्माताले अघिल्लो महिना १३.७ प्रतिशत बजार हिस्सेदारी दर्ज गर्यो । यो टाटाका लागि महत्त्वपूर्ण आँकडा हो ।
भारतीय अटोमोटिभ उद्योगमा आएको समस्याका बावजुद पनि टाटाले आजको दिनमा लगातार ३ अंकको बिक्री–वृद्धि दर्ज गरिरहनु चानचुने उपलब्धि होइन । अघिल्लो महिना सबै कार निर्माताहरूको बीच ६.४ प्रतिशतको बजार हिस्सेदारी वृद्धि गर्दै मारुती सुजुकी र हुन्डाईपछि समग्र बिक्री तालिकामा तेस्रो स्थानमा रह्यो टाटा । र, महिन्द्रा, किया, टोयोटा, रेनो र होन्डालाई उछिन्यो । टाटाले दोस्रो स्थानमा रहेको हुन्डाईसँगको अन्तरलाई पनि कम गर्यो किनकी जम्मा ३ हजार ९५ युनिटको मात्रै फरक देखियो ।
टाटाले केही हप्तापहिले बजेट–मैत्री पन्च माइक्रो एसयूभी ल्याएको छ र यसले मासिक बिक्री–चार्टमा लामो समयसम्म दोस्रो स्थानमा रहेको हुन्डाईसँगको बिक्री अन्तरलाई घटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । पन्च कम्पनीको एसयूभी पोर्टफोलियोमा नेक्सन कम्प्याक्ट एसयूभीको मुनि छ । अनि, प्रतिस्पर्धीका रूपमा पनि बेस भेरिएन्ट (एक्स–शोरुम) का लागि भारतीय बजारमा यसको मोल ५.४९ लाख भारतीय रुपैयाँ आउँछ ।
अल्ट्रोज, नेक्सन र टियागोले पनि आजका दिनमा ब्रान्डका लागि लगातार बिक्रीे बढाउँदै नयाँ रेकर्ड कायम गर्दैछ । यस वर्षको सुरुआतमा टाटाले थ्री–रो सफारी लन्च गर्यो, जसमा डार्क एडिसनका कारण लाइनअपमा चमक थपिएको पनि छ । नेक्सन–ईभी आज भारतमा सबैभन्दा अधिक बिक्री हुने त्यस्तो प्यासेन्जर–कार हो, जसले शून्य उत्सर्जन गर्छ । र, अपडेटेड टिगोर ईभीले हालसालै जिप्ट्रोन प्रविधिलाई आत्मसात गरेको छ ।
अहिले सुरक्षा रेटिङमा फाइभ–स्टार ग्लोबल एनक्याप प्राप्त सबैभन्दा किफायतीे कार हो– पन्च । यो १.२ लिटर थ्री–सिलिन्डर रेभोट्रोन इन्जिनद्वारा सञ्चालित छ, जसले ८६ पीएस म्याक्सिमम पावर र ११३ एनएम पिक टर्क दिन्छ । साथै यसमा स्ट्यान्डर्डका रूपमा फाइभ स्पिड म्यानुअल ट्रान्समिसन र विकल्पका रूपमा फाइभ स्पिड एमटी पनि छ ।
यस्तै नयाँ–नयाँ रेकर्ड र सुविधाका कारण टाटाले आफ्नो लोकप्रियतालाई अझै बढाइरहेको छ ।
टाटा मोटर्ससँग हाल इलेक्ट्रिक कारको सबैभन्दा ठुलो पोर्टफोलियो छ, कम्पनीले...
भारतमा नेक्सन इभीको बिक्री १० हजार युनिट नाघेको छ । यससंगै यो एसयुभीले...
टाटा मोटर्सको ह्यारियर ईभी महिन्द्राको एक्सईभी ९ई सँग संयुक्त रूपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...