मोबिलिटी एक्सपोमा १३ लाख ५० हजारको बाइक

काठमाडौं – सीएफमोटो तथा जिहोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले राजधानीको भृकुटीमण्डमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा दुई मोडलका मोटरसाइकल सार्वजनिक गरेको छ ।

सीएफमोटोको नेकेड सिरिज अन्तर्गत पर्ने ३०० एनके तथा प्रिमियम स्पोट्र्स सिरिज अन्तर्गत ४५० एसआरएस मोडल सार्वजनिक गरिएको हो ।

यी दुई मोडल मध्ये ३०० एनकेको मूल्य ६ लाख ५४ हजार ९ सय र ४५० एसआरएसको मूल्य १३ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

३०० एनके यस सिरिजकै उत्कृष्ट बाइकको रुपमा रहने कम्पनीको भनाइ छ। यसमा २९२ सीसीको सिंगल सिलिन्डर इन्जिन, अधिकतम क्षमता २१.४ किलोवाट र २५.३ एनएम टर्क, ड्युअल च्यानल एबीएस, स्लिपर क्लच, १२.५ लिटरको इन्धन ट्यांकी, अगाडि इन्भर्टेड शक एब्जब्र्सन तथा पछाडि मिड–माउन्टेड शक एब्जब्र्सन दिइएको छ ।

४५० एसआरएसमा ४४९.५ सीसी, ट्विन सिलिन्डर, इनलाइन, लिक्विड कुल्ड, फोर स्ट्रोक, डीओएचसी जडान गरिएको छ। यसमा ३८ किलोवाटको पावर र ४० एनएम टर्क जेनेरेट गर्ने क्षमता छ । युरो फाइभ प्लस मापदण्डमा आधारित सो बाइकमा १४ लिटरको इन्धन ट्यांकी छ भने स्लिपर क्लच, ६–स्पिड, ५ इनच टीएफटी डिस्प्ले र टीसीएस तथा एबीएस लगायतका विशेषता रहेका छन् ।

एक्सपोमा ‘सीएफमोटो–जिहो अफरको वर्षा’
नाइमा नेपाल मोबिलिटी एक्सपोमा सीएफमोटो तथा जिहोका मोटरसाइकल तथा स्कुटर बुकिङ तथा खरिद गर्दा कम्पनीले ‘सीएफमोटो–जिहो अफरको वर्षा’ अन्तर्गत आकर्षक छुट तथा सुविधाहरु उपलब्ध गराएको छ ।

एक्स्पोमा सीएफमोटो तथा जिहोका लोकप्रिय मोडलहरु २५०एनके, ४५०एमटी तथा जिहो एई८ मोडल समेत प्रदर्शनमा राखिएका छन् । एक्सपो अवधिभर सो ब्रान्डका मोटरसाइकल तथा स्कुटर बुक तथा खरिद गर्ने ग्राहकले ५० हजार सम्मको भारी छुट, सीएफमोटो जिहो प्रिभिलेज कार्ड तथा केही मोडलमा ५ वर्ष वारेन्टी जस्ता सुविधाहरु प्राप्त गर्न सक्ने छन्।

यसका साथै एक्सपो अवधिभर ग्राहकले सीएफमोटोको ४५० एमटी खरिद तथा बुक गर्दा आकर्षक एमटी हेल्मेटका साथै २५ हजार रुपैयाँ बराबरको तीन विशेष एसेसरिज छुटको रुपमा पाउन सक्नेछन्।

त्यसैगरी सीएफमोटो तथा जिहोको स्टलमा आउने हरेक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन्।

सम्बन्धित समाचारहरू

हायर पर्चेज कर्जाको एलटीभी रेसियो ८० प्रतिशत कायम गर्न नाइमाको आग्रह

हायर पर्चेज कर्जाको एलटीभी रेसियो ८० प्रतिशत कायम गर्न नाइमाको आग्रह

काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन...

नाइमा आकर्षण : कम मूल्यका कारण चर्चित हेनरी भोल्ट्सका कार

नाइमा आकर्षण : कम मूल्यका कारण चर्चित हेनरी भोल्ट्सका कार

चिनियाँ अटोमोबाइल कम्पनी हेनरीका गाडीहरू मध्ये एक नयाँ मोडल भोल्ट्स सी...

अर्थमन्त्री वाग्लेसंग नाइमा प्रतिनिधि मण्डलको भेट, कर संरचनालाई सहज र सन्तुलित बनाउन माग

अर्थमन्त्री वाग्लेसंग नाइमा प्रतिनिधि मण्डलको भेट, कर संरचनालाई सहज र सन्तुलित बनाउन माग

काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...