१२५ सीसी स्कुटर सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा थप्दै सुजुकीले ल्यायो बर्गम्यान स्ट्रिटको नयाँ मोडल

सुजुकी मोटरसाइकल इन्डियाले भारत र हाल नेपालमा समेत बलियो बन्दै गएको १२५ सीसी स्कुटर सेग्मेन्टमा नयाँ मोडल सार्वजनिक गर्दै यो क्षेत्रको प्रतिस्पर्धालाई थप तीव्र बनाएको छ। कम्पनीले नयाँ सुजुकी बर्गम्यान स्ट्रिट स्कुटर सार्वजनिक गरेको हो।

नयाँ स्कुटरको मूल्य १ लाख २ हजार देखि १ लाख १३ हजार भारु सम्म तोकिएको छ। यो मोडल मुख्यतः शहरी दैनिक यात्रुहरूलाई लक्षित गर्दै किफायती मूल्य, राम्रो माइलेज र दैनिक प्रयोगको सहजतालाई ध्यानमा राखेर ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका प्रबन्ध निर्देशक केनिची उमेडाले दैनिक आवागमन गर्ने ग्राहकहरूको उच्च मागका कारण यो वर्ग अझै पनि सबैभन्दा सन्तुलित विकल्प भएको बताए।

उनका अनुसार भारतीय ग्राहकका लागि माइलेज, पिकअप र मूल्य सबैभन्दा महत्वपूर्ण पक्ष हुन्। यी सबै पक्षको सन्तुलन १२५ सीसी सेग्मेन्टमा राम्रो हुने भएकाले कम्पनीले यसैमा ध्यान केन्द्रित गरिरहेको उनले उल्लेख गरे।

हाल सुजुकीले १२५ सीसी स्कुटर लाइनअपमा सुजुकी बर्गम्यान, सुजुकी एक्सेस र सुजुकी एभेनिस जस्ता मोडलहरु उपलब्ध गराइरहेको छ । भारतमा करिब १६ प्रतिशत हिस्सा सहित सुजुकी अन्य प्रतिस्पर्धी होन्डा र टीभीएस पछि तेस्रो स्थानमा रहेको छ ।

कम्पनीले १५० सीसीका एड्भान्स स्कुटर सेग्मेन्टतर्फ समेत ध्यान केन्द्रित गरिरहेको र यस वारेमा अध्ययन गरिरहेको बताएको छ ।

यसैबीच कम्पनीले विद्युतीय दुईपांग्रे सवारीतर्फ पनि विस्तार थालेको छ। हालै कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर सुजुकी ई–एक्सेस सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षमा यस मोडेलको करिब १,५०० युनिट बिक्री भएको अनुमान गरिएको छ, जसले कम्पनीको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा प्रारम्भिक प्रवेशलाई संकेत गर्छ।

के छ नयाँ ?

नयाँ सुजुकी बर्गम्यान स्ट्रिटमा डिजाइन र सुविधातर्फ केही महत्वपूर्ण सुधार गरिएको छ। स्कुटरमा नयाँ एलईडी हेडलाइट र टेलल्याम्प डिजाइन दिइएको छ, जसले यसलाई अझ आधुनिक र फ्रेस लुक प्रदान गर्छ। साथै, यसमा अझ एङ्गुलर र बक्सी डिजाइनको नयाँ एक्जस्ट मफलर पनि राखिएको छ।

यसको टप–स्पेक भेरिएन्टमा कीलेस इग्निसन सुविधा दिइएको छ, जसमा मल्टिफङ्सन की–फोबमार्फत सिट, फ्युल फिलर र ह्यान्डल लक सञ्चालन गर्न सकिन्छ। त्यही भेरियन्टमा टीएफटी डिजिटल डिस्प्ले उपलब्ध छ भने अन्य भेरिएन्टहरूमा एलसीडी डिस्प्ले र फिजिकल की प्रयोग हुने व्यवस्था राखिएको छ।सुविधालाई ध्यानमा राख्दै फ्युल फिलरलाई टेल–ल्याम्पमुनि स्थानान्तरण गरिएको छ, जसले इन्धन भर्न अझ सजिलो बनाउँछ।

नयाँ मोडल अब सुजुकी एक्सेससँग सेयर गरिएको नयाँ प्लेटफर्ममा आधारित छ। कम्पनीका अनुसार नयाँ फ्रेम अघिल्लोभन्दा करिब ५०० ग्राम हल्का छ र टर्सनल रिजिडिटी २५ प्रतिशतले बढाइएको छ।

सस्पेन्सन सेटअपमा अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक राखिएको छ। स्कुटरको दुवैतिर १२ इन्चका ह्विल प्रयोग गरिएको छ ।

नयाँ बर्गम्यान स्ट्रिटमा अन्डर–सिट स्टोरेज क्षमता बढाएर २४.६ लिटर बनाइएको छ, जुन अघिल्लो २१.५ लिटरभन्दा बढी हो। साथै, स्कुटरमा युएसबी चार्जिङ पोर्ट र अगाडि दुईवटा सानो स्टोरेज कम्पार्टमेन्ट पनि राखिएको छ।

यसमा ५.५ लिटर क्षमताको इन्धन ट्यांकी दिइएको छ, जुन अघिल्लोभन्दा ०.२ लिटर ठूलो हो। स्कुटरको ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ।

सम्बन्धित समाचारहरू

आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेस लन्च गर्ने तयारीमा सुजुकी

आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेस लन्च गर्ने तयारीमा सुजुकी

सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेस लन्च गर्ने भएको छ । सो...

मानेसर प्लान्टबाट सुजुकीले उत्पादन गर्यो १ करोड यूनिट कार

मानेसर प्लान्टबाट सुजुकीले उत्पादन गर्यो १ करोड यूनिट कार

मारुती सुजुकीले आफ्नो मानेसर प्लान्टबाट १ करोड कार उत्पादन गरेको छ ।...

सुजुकीको थाइल्याण्ड प्लान्ट बन्द हुँदै, यस्तो छ कारण

सुजुकीको थाइल्याण्ड प्लान्ट बन्द हुँदै, यस्तो छ कारण

सुजुकी मोटर थाइल्याण्डले सन् २०२५ को अन्त्यसम्ममा देशमा रहेको आफ्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...