नाडाद्वारा अटो सम्बन्धी स्थिर नीति र छुट्टै औद्योगिक क्षेत्र लगायतका विभिन्न माग उद्योगमन्त्री समक्ष प्रस्तुत
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको...
काठमाडौं–भारतको राजधानी नयाँ दिल्लीमा सोसाइटी अफ इण्डियन अटोमोवाइल म्यानुफयार्चस (एसआईएयम) का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यतामा ११ औं अटो ट्रेड डायलग सम्पन्न भएको छ ।
सो कार्यक्रममा सहभागी हुँदै नाडाका अध्यक्ष करण चौधरीले स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव सम्बन्धी प्यानल छलफलमा पेनलिष्टका रुपमा ‘ओभरभ्यु अफ नेपाल अटो पोलिसिज’का सम्बन्धमा आफनो धारणा राखे ।उनले नेपालको अटोमोवाइल क्षेत्रले राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा दिएको योगदानबारे जानकारी गराए ।
अध्यक्ष चौधरीले नेपालको सडक शुरक्षाका सम्बन्धमा भईरहेको प्रयाशबारे बताउँदै नेपाल सवारी साधनहरुको आयातकर्ताबाट एसेम्बली प्लान्ट मार्फत उद्योगतर्फ अग्रसर हुदै गएको जानकारी गराए । नेपालमा आइसीई गाडीहरुको आयात घट्दै गएको बताउँदै उनले भने, ‘नेपाल सरकारले ग्रीन इनर्जिलाई उच्च प्राथमिकतामा राखेका कारण विद्युतिय सवारी साधनहरुको आयात हरेक बर्ष बढदै गएको छ । सोहीअनुरुप चार्जिङ्ग स्टेशनहरु पनि क्रमशः थपिदै गएको र नेपाल अहिले विद्युतिय सवारी साधनहरुको हव बन्दै गएको छ ।’
कार्यक्रमलाई दक्षिण अफ्रीकाका डेपुटी हाई कमिश्नर सेड्रिक सि क्रोवेली, जर्मनीका फेडरल मिनिष्ट्रीका डिजिटल एण्ड ट्रान्सपोर्ट महानिर्देशक डा. सेभेन हलड्रोन, भारतका लागि ब्राजिली राजदूतए च.इ.केन्नेथ एफ.एच दा नोबे्रगा, मिनिष्ट्रि अफ हेवी इण्डष्ट्रिजका अतिरिक्त सचिव डा. हानिफ कुरेशी, मिनिष्ट्रि अफ कमर्श एण्ड इण्डष्ट्रिका अतिरिक्त सचिव एल सत्याश्री निवासले समेत सम्बोधन गरेका थिए ।
उक्त डायलग कार्यक्रम तीनचरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणमा व्यापार सझौतामा एकिकृत लगानी, दोश्रो चरणमा स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव र तेश्रो चरणमा विकसित विश्वव्यापी व्यापारको परिदृष्यमा लचिलोपना विकास गर्ने शीर्षमा छालफल भएको हो ।
छलफलमा विश्व व्यापार संगठनका प्रतिनिधिलगायत विभिन्न देशबाट आएका प्रतिनिधिहरुले पेनलिष्टका रुपमा आ—आफनो धारणा राखेका थिए ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको...
काठमाडौं–भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२४ मा ट्राइम्फ मोटरसाइकलले...
काठमाडौं – नेपाल राष्ट्र बैकले हिजो सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...