नेटा एसको नयाँ स्पेक सार्वजनिक : नयाँ प्रविधिको क्विलिन ब्याट्रीले १,०७५ किमी रेन्ज दिने
चाइनिज अटोमोबाइल निर्माता कम्पनी होजोन अटोद्वारा उत्पादन गरिने नेटा एस...
काठमाडौं – सरकारले सार्वजनिक गरेको बजेटमार्फत ११ वा सो भन्दा बढी सिट क्षमताका इलेक्ट्रिक माइक्रो बस अर्थात विद्युतीय भ्यानको भन्सार शुल्क बढाइएको छ । यस अघि यी सवारी साधनमा १ प्रतिशत मात्र भन्सार शुल्क रहेकोमा अब १० प्रतिशत पु-याइएको छ ।
नयाँ व्यवस्था अनुसार ड्राइभर समेत १० वा सो भन्दा बढी यात्रुहरु बोक्ने मोटर गाडी र ११ देखि १४ सम्म सिट भएका धक्का दिने मोटर मात्र भएका सवारी साधनमा १० प्रतिशत भन्सार लाग्ने छ ।
यो भन्दा पहिले व्यवसायीहरुले केही सिट फोल्ड गरेर ९ सिट मात्र भएको सवारी साधन भन्दै समेत आएका थिए । यसका कारण भन्सार शुल्कको वारेमा विवाद समेत भएको थियो । पछि यसलाई ११ सिट नै मानेर पुरै भन्सार शुल्क अर्थात १० प्रतिशत नै तिर्ने व्यवस्था भएको थियो ।
यसबाट अब सिट विवाद भने समाप्त भएको छ । तर विशेष गरी सार्वजनिक यातायातमा प्रयोग गरिने विद्युतीय भ्यानमा लगाइएको करको कारण सार्वजनिक यातायातको भाडा बढ्ने मात्र होइन, वातावरणमैत्री सवारी साधन प्रयोग गर्न पाउने उपभोक्ताको अधिकारमा समेत असर पुग्ने उनीहरुको भनाइ छ ।
नेपाली बजारमा दीगो, चांगन, फोटोन आदि ब्रान्डका विद्युतीय माइक्रो भ्यान उपलब्ध छन् । सार्वजनिक सवारीका लागि समेत प्रयोग भएका यी भ्यानको प्रयोग पछिल्लो समयमा बढ्दै गएको छ ।
चाइनिज अटोमोबाइल निर्माता कम्पनी होजोन अटोद्वारा उत्पादन गरिने नेटा एस...
साङ्ग्रिला मोटर्सले लिपमोटरको प्रमुख मोडल सी१० गाडीलाई नेपालगन्जमा भव्य...
चीनको नान्जिङ जाइयुन स्पेसल इलेक्ट्रिक भेइकल कम्पनीको इलेक्ट्रिक कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...