माइलेज बढाउन मारुती सुजुकी अल्टोको तौल १०० किलो घटाइदै

मारुती सुजुकीले आफ्नो सबैभन्दा सानो र सस्तो ह्याचब्याक अल्टोलाई थप प्रभावकारी बनाउन ठुलो परिवर्तन गर्न लागेको छ । अल्टोको दशौं पुस्ताको मोडलको तौल १०० केजी घटाइने कम्पनीले जनाएको छ । दशौं पुस्ताको मारुती अल्टो कार सन् २०२७ सम्ममा बजारमा आउने सम्भावना छ ।

हाल बजारमा उपलब्ध जेनरेशनको तौल ६८० किलो छ । सो कारको १०० किलो तौल घटाउँदा ५७८ किलो हुनेछ । अब आउने दशौं पुस्ताको मारुती अल्टो कार एसएस८० मारुती ८०० भन्दा पनि हल्का हुनेछ । यसले गर्दा सो कारको माइलेज पनि बढ्नेछ ।

अल्टोको तौल घटाउने सबैभन्दा ठुलो उद्देश्य यसलाई सानो र प्रभावकारी मोडलमा प्रस्तुत गर्नु हो, जसको झलक नयाँ स्विफ्टमा जेड१२ इन्जिनमा देख्न सकिन्छ  सो इन्जिन नयाँ डिजायर, वागन आर, बलेनो र फ्रङ्क्स जस्ता कारमा पनि पाइनेछ ।

कारलाई हल्का बनाउँदा सानो इलेक्ट्रिक र हाइब्रिड मोडलमा ठुलो ब्याट्री प्याक फिट गर्न सजिलो हुन्छ । यसमा ठुला ट्याङ्की भएका सीएनजी मोडलले पनि फाइदा लिने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

उत्कृष्ट माइलेज र बलियो सुरक्षाका साथ २०२५ सुजुकी अल्टो फेसलिफ्ट

उत्कृष्ट माइलेज र बलियो सुरक्षाका साथ २०२५ सुजुकी अल्टो फेसलिफ्ट

सुजुकीले जापानी बजारमा २०२५ को लागि अल्टोको नयाँ फेसलिफ्ट संस्करण पेश...

यस्तो हुनेछ मारुती सुजुकी बलेनोको इन्टेरियर

यस्तो हुनेछ मारुती सुजुकी बलेनोको इन्टेरियर

केही दिन पहिला मारुती सुजुकी बलेनोको अपडेट भर्सन सार्वजनिक भएको थियो । सो...

फेमिली कारको रुपमा चर्चित छ यो कार, २३ वर्षदेखि लगातार शीर्ष स्थान बनाउन सफल

फेमिली कारको रुपमा चर्चित छ यो कार, २३ वर्षदेखि लगातार शीर्ष स्थान बनाउन सफल

फेमिली कारको रूपमा अहिले सबैको ध्यान एमपीभीमा भएपनि कुनै समय मारुती...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...