दुई सातामा एक हजारले टेस्ट ड्राइभ गरे चांगनको एल्सभिन सेडान

काठमाडौं – नेपालमा हालै भित्रिएको चांगन अटोको नयाँ सेडान एल्सभिन एक हजार जनाले टेस्ट ड्राइभ गरेका छन् । चीनको अग्रणी प्यासेन्जर ब्रान्डको उक्त प्रिमियम सेडान नेपाल भित्रिएको दुई साताकै अवधिमा सो संख्यामा टेस्ट ड्राइभ गरिएको हो । उक्त प्रिमियम सेडानको पप–अप शोरुम गत नोभेम्बर २२ देखि सोल्टी होटेलमा रहेको छ ।

ग्राहकहरुले सोल्टी होटेल गई एल्सभिनको टेस्ट ड्राइभको सुअवसर प्राप्त गर्न सक्नेछन् । टेस्ट ड्राइभका लागि हप्ताको सातै दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्मको समय तोकिएको छ ।

चांगन अटोले काठमाडौँ उपत्यकाको विभिन्न अपार्टमेन्टहरुमा गाडी प्रदर्शनको लागि समेत राख्ने गरेको छ । ती अपार्टमेन्ट निवासीहरुले एल्सभिनको टेस्ट ड्राइभ र सुबिधाहरुबारे बुझ्ने अवसर पाएका थिए । यस बाहेक ग्राहकहरुले अन–कल टेस्ट राइडका आफ्नो अनुकूल स्थानमा टेस्ट ड्राइभ लिन सक्ने समेत बताइएको छ ।

सोल्टी होटेलमा एल्सभिनको टेस्ट ड्राइभ जनवरी १९, २०२२ सम्म गरिने छ । यसका साथै विभिन्न हाउजिङमा पनि गाडी डेमोका लागि राखिने कम्पनीको भनाइ छ ।

यसका साथै चांगन नेपालको वेबसाइट अथवा ९८०२३४०५९२ मा सम्पर्क गरि टेस्ट राइडको बुकिङ समेत गर्न सकिने बताइएको छ ।

नेपालमा एमएडब्लु वृद्धि अटोकर्पले चांगनका गाडी बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार

नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार

नेपाली बजारमा समेत कार पारखीहरु बढिरहेका छन् । इन्ट्री लेवल देखि...

स्कोडाले भारतमा शुरु गर्यो कोडियाक २०२२ को उत्पादन, अर्को महिना लन्च हुने

स्कोडाले भारतमा शुरु गर्यो कोडियाक २०२२ को उत्पादन, अर्को महिना लन्च हुने

स्कोडाले भारतमा कोडियाक २०२२ मोडलको उत्पादन शुरु गरेको छ । यो एसयुभीलाई...

आकर्षक लुकमा स्कोडा कुशाकको नयाँ भेरिएन्ट चाँडै लन्च हुँदै, यस्तो हुनेछ फिचर

आकर्षक लुकमा स्कोडा कुशाकको नयाँ भेरिएन्ट चाँडै लन्च हुँदै, यस्तो हुनेछ फिचर

स्कोडाले आफ्नो लोकप्रिय एसयूभी स्कोडा कुशाकको मोन्टे कार्लो भेरिएन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...