अब उपत्यकामा ९९ रुपैयाँमै चढ्न पाइने ट्याक्सी सेवा
काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...
सडकमा सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीले तपाईबाट सडक संकेत तथा ट्राफिक नियम उल्लंघन भएको अवस्थामा आबश्यक कागजपत्र लिइ तपाईलाई २४ घण्टे पूर्जी दिन्छन् । कागजपत्र लिएका ट्राफिक प्रहरीले आफ्नो सम्बन्धित कार्यालयमा ती कागज पत्र बुझाउँछन् ।
सम्बन्धित शाखामा कार्यरत कर्मचारीले Traffic Violation Record System (TVRS) मा ती कागजपत्रहरुको सम्पूर्ण विवरणहरु दर्ता गर्छन् । कुनै पनि सवारी चालकले गरेका सवारी सम्बन्धी कसुरहरूको अभिलेखका आधारमा कति जरिवाना तिर्नु पर्ने हो ? यस प्रणालीले स्वचालित रूपमा निर्धारण गर्दछ ।
यस प्रणाली अन्तर्गत कारवाहीमा परेका व्यक्तिहरूले अनलाइन वित्तीय प्रणाली मार्फत वा सम्बन्धित राजस्व खाता भएको बैंकको शाखाहरूमा गई जरिवाना वापतको राजस्व रकम भुक्तान गर्दा १,००० (एक हजार) रुपैया देखि २,००० (दुई हजार) रुपैयाँसम्म जरिवाना हुने कसुरहरु निम्नानुसार रहेका छन् :
१) सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएमा ।
२) सार्वजनिक स्थानमा बाधा पुग्ने गरी सवारी राखेमा वा मालसामान राखेमा ।
३) मादक पदार्थ सेवन गरी सवारी चलाएमा ।
४) सवारी चालक अनुमति पत्र प्राप्त नगरेको ब्यक्तिलाई सवारी चलाउन दिएमा ।
५) सवारीमा तोकिएको वा हद निर्धारण गरिएको भन्दा बढी मानिस वा मालसामान राखी सवारी
चलाएमा ।
६) निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएमा ।
७) नम्बर प्लेट नराखी सवारी चलाएमा ।
८) लापरवाहीसाथ सवारी चलाएमा ।
९) सार्वजनिक सवारीको चालकले यात्रु लिन इन्कार गरेमा ।
१०) छतमा यात्रु बोकेमा वा राखेमा ।
११) अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेमा ।
१३) प्रयोजनविपरीत सवारी चलाएमा ।
१४) तोकिएकोभन्दा बढी मालसामान राखेको भएमा ।
विष्णु थापा, ट्राफिक प्रहरी वरिष्ठ नायव निरीक्षक
काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...
पूर्वी चीनको शहरहरुमा रोबोट ट्राफिक प्रहरी संचालनमा आएको छ । पूर्वी चीनको...
सरकारले लामो दुरीको सवारी भाडा घटाएको छ। नेपाल आयल निगमले मंगलबार राति १२...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...