इभी एक्सपोमा सहभागी हुँदैछन् ८ व्रान्डका गाडी र १६ व्राण्डका इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर
नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले पहिलोपटक इभी एक्सपो आयोजना गर्दैछ ।...
सरकारले मोटर क्षमताको आधारमा भन्सार र अन्तःशुल्क दर निर्धारण गरेपछि १०० किलोवाट माथिको मोटर जडित इलेक्ट्रिक कार सवैभन्दा बढी मारमा पर्दै आएका छन् । १०० किलोवाट माथिका इलेक्ट्रिक कार बिक्री गर्ने हुन्डाई, एमजी र बीवाईडीसँग बजार लिन सक्ने उच्च सम्भावना वोकेका कार उपलब्ध हुँदाहुँदै पनि वृद्धि भएको करका कारण मूल्य आकासिएपछि यी कारले बजारमा प्रतिस्पर्धा गर्न निकै संघर्ष गर्नुपरेको छ । अहिले यी ब्रान्डसँग बजारमा क्रमशः आयोनिक ५, एमजी जेडएस र एट्टो ३ १०० किलोवाट भन्दा बढी क्षमतामा उपलब्ध मोडल हुन् ।
सोही कुरालाई मध्यनजर गर्दै विवाइडीले यसअघि १५० किलोवाट क्षमतामा बिक्री गर्दै आइरहेको एट्टो ३ लाई मोटर क्षमता घटाएर १०० किलोवाटमा नेपाल ल्याएको छ । उच्च करकै कारण यसअघि ८९ लाख ९० हजार मूल्य तोकेर बिक्री गर्दै आएको आधिकारिक विक्रेता साइमेक्स इंकले १०० किलोवाट क्षमताको एट्टो ३ लाई ६४ लाख ९० हजारमा बिक्री गरिरहेको छ । मोटर क्षमता कम हुने वित्तिकै यो लोकप्रिय इलेक्ट्रिक क्रसओभरको मूल्य पनि २५ लाख रुपैयाँले कम भएको हो ।
मोटर क्षमता घटेर आएपनि एट्टो ३ मा बीवाईडीले ब्याट्रीको आकार र अन्य फिचरमा भने कुनै कटौती गरेको छैन् । यसअघिको १५० किलोवाटमा उपलब्ध ६०.४ किलोवाट आवरको व्लेड ब्याट्रीलाई नै निरन्तरता दिएको छ । जसका कारण यसले दिने रेन्जमा समेत बृद्धि हुने देखिएको छ । कम्पनीको दावी अनुसार यो कारलाई एकपटक फूल चार्ज गर्दा ४२० किलोमिटर रेन्ज पाउन सकिन्छ । ७ किलोवाटको चार्जरबाट चार्ज गर्दा ६ घन्टा १० मिनेटमा फुल चार्ज गर्न सकिने एट्टो ३ लाई ८० किलोवाटको डिसी फास्ट चार्जरले ४५ मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।
सेफ्टी फिचर अन्तर्गत यो एसयूभीमा ७ वटा एयरब्याग, अगाडि भेन्टिलेटेड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ । साथै इलेक्ट्रिक पार्किङ ब्रेक, एबीएस, ईएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटिक ब्रेकिङ, फ्रन्ट कोलिजन वार्निङ, डोर ओपन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्ट लगायतका फिचर पाउन सकिन्छ ।
आकर्षक इन्टेरियर दिइएको यो कारमा मल्टी फङ्सनल स्टेरियङ ह्विल, ५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लष्टर, १२.८ इन्चको रोटेड इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर, किलेस इन्ट्री, ८ वटा स्पिकर, लेदर सिट, फोल्ड गर्न मिल्ने रियर सिट, ६ तरिकाले मिलाउन सकिने ड्राइभर सिट, आइएसओ फिक्स चाइल्ड सिट लगायत पाउन सकिन्छ । जुन यसअघिको १५० किलोवाटमा समेत समान रहेको थियो ।
यो कारको टर्क ३१० एनएम रहेको छ भने ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहको छ । ५ जनाले आरामदायी यात्रा गर्न सकिने एट्टो ३ को वुट स्पेस ४४० लिटर छ भने पछाडिको सिटलाई फोल्ड गरेर १३४० लिटरसम्म पुर्याउन सकिन्छ ।
नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले पहिलोपटक इभी एक्सपो आयोजना गर्दैछ ।...
भारतीय ईभी निर्माता कम्पनी एमएक्समोटोले मेटल स्ट्रङ्ग एम१६ ई–बाइक...
अटो एक्सपो २०२३ मा चीनीयाँ अटो उत्पादक विवाइडीले तीनवटा इलेक्ट्रिक कारलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...