१०० किलोवाट बीवाईडी एट्टो ३ को खुल्यो बुकिङ, मूल्य ६४ लाख ९० हजार

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले १०० किलोवाट क्षमताको एट्टो ३ नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले बुकिङ खुल्ला गर्नुका साथै यसको मूल्य समेत सार्वजनिक गरेको छ ।

सो गाडीको मूल्य ६४ लाख ९० हजार रुपैयाँ हुनेछ । पहिले १५० किलोवाट क्षमताको मोटरमा उपलब्ध सो कार अब भने कम क्षमतामा उपलब्ध हुनेछ ।

मोटर पावर कम भए पनि बीवाईडी एट्टो ३ को अन्य फिचरमा भने परिवर्तन नहुने बताइएको छ । नेपाली बजारमा हाल उपलब्ध बीवाईडी एट्टो ३ मा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिइएको छ । जसले एकपटकको फुल चार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।

बीवाइडीले यो नयाँ कारलाई उसको आफ्नो डेडिकेटेड ईभी प्लेटफर्ममा तयार पारेको हो । प्रिमियम स्तरको सामग्री र फराकिलो क्याबिन स्पेस भएको यो एट्टो३ मा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले र ७ वटा एयरब्याग दिइएको छ ।

सम्बन्धित समाचारहरू

वुलिङ एयर इभीको मिडिया टेष्ट ड्राइभ सम्पन्न

वुलिङ एयर इभीको मिडिया टेष्ट ड्राइभ सम्पन्न

काठमाडौं– वुलिङ एयर इभीले आइतवार मिडिया टेष्ट ड्राइभ सम्पन्न गरेको छ ।...

यसरी भएको थियो चीनले सङ्घीय संसद् सचिवालयलाई दिने सवारी साधन सहयोगको घोषणा

यसरी भएको थियो चीनले सङ्घीय संसद् सचिवालयलाई दिने सवारी साधन सहयोगको घोषणा

चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक...

हुन्डाईका इलेक्ट्रिक कार किन्न अब ९.९९ प्रतिशत ब्याजदर

हुन्डाईका इलेक्ट्रिक कार किन्न अब ९.९९ प्रतिशत ब्याजदर

काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...